गाजामा युद्धविरामका लागि वार्ता गर्न नेतन्याहू सहमत

१७ चैत ,एजेन्सी ।
सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायलले हवाई आक्रमण गरेको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ । सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो। सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमा स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो ।

यता नाकोरा र टायर हर्फामा पनि इजरायली आक्रमणमा परी ७ जना हिजबुल्लाह र अमल आन्दोलनकर्मी मारिएको बताइएको हो । हिजबुल्लाहले उत्तरी इजरायलका दुईवटा बस्तीहरूमा आक्रमण गरेको थियो । हिजबुल्लाहले गाजाको समर्थनमा लिमानमा नयाँ निर्मित कमाण्ड सेन्टरलाई निशाना बनाइ आक्रमण गरेको थियो ।

हमासको इस्लामी प्यालेस्टिनी समूहद्वारा अल अक्सा फ्लड अपरेसन शुरु भएदेखि लगभग दैनिक हिंसा हुने गरेको छ । यसैबीच गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले नयाँ वार्ताका लागि सहमति जनाएका हुन् ।

गाजा युद्धविराम र बन्धक रिहाइका लागि आउँदो दिनमा कतारको दोहा र इजिप्टको कायरोमा नयाँ वार्ता हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गएको अक्टोबरदेखि गाजामा आवश्यक सामग्रीको अभाव हुँदै आएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top