इलाम २ः एमाले–कांग्रेसको दबदबा रास्वपाले तोड्ला ?

१८ चैत , विराटनगर।

१५ वैशाखमा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ अहिले धेरैको चासोको क्षेत्र बनेको छ । ठूला तथा नयाँ दलहरुले पनि यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । त्यसैले यहाँ लोकप्रिय उम्मेदवार उठाउने होड नै चलेको छ । अहिलेसम्ममा नेकपा एमालेले सुहाङ नेम्वाङ, रास्वपाले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएका छन् ।

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसको जिल्ला र प्रदेश समितिबाट ७ जनाको नाम सिफारिस भएर आएको छ । तर केन्द्रीय समितिले उम्मेदवार चयन गर्न सकेको छैन । यसका लागि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

Advertisement

उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ । मंगलबार दिउँसो २ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्ने बताइएको छ ।माओवादी केन्द्रको पदाधिकारी बैठकले समेत इलाम–२ र बझाङ प्रदेश सभा (क) मा उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवार टुंगो लगाउन सकेको छैन । माओवादीले आफ्ना उम्मेदवारलाई सहयोग गर्ने अपेक्षा एमालेले राखेको छ ।

शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा माओवादीले सहयोग गर्न बताएका थिए । एमाले अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा सघाउन माओवादी केन्द्र तयार हुने दाबी गरेका छन् । शनिबार उनले भने, ‘अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ ।’ कांग्रेसलाई जिताउन नमिल्ने भएकाले माओवादीले एमालेलाई नै सघाउने ओलीको दाबी छ । तर माओवादीले छुट्टै उम्मेदवार बनाउने बताउँदै आएको छ ।

Advertisement

यसअघि लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु आन्तरिक सर्भेमा जुटेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्भे गरेको थियो ।यता राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रणनीति बनायो र सोही अनुसार माओवादी परित्याग गरेका मिलन लिम्बुलाई टिकट दियो ।

लिम्बुलाई माओवादीले कारबाहीसमेत गरेको छ । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । २०५६ सालदेखि नेम्वाङ विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी पनि आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । एमालेसँग झिनो मतान्तरले पराजय ब्यहोर्दै आएको कांग्रेस यस पटक विवेकपूर्वक उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा देखिन्छ ।

कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन् । कांग्रेसका जोसुकै उम्मेदवार भएपनि विगतमा एमालेको गढ रहेको इलाम २ मा एकताबद्ध चुनावी अभियान संचालन नगरेसम्म नतिजा आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ । यस्तै दुई दलले युवालाई उम्मेदवार बनाएको अवस्थामा कांग्रेसको उम्मेदवार छनोटले समेत धेरै महत्व राख्नेछ ।यता सुवास नेम्वाङको निधनपछि आफ्नो विरासत जोगाउन एमालेले ठूलो कसरत गरिरहेको छ ।

त्यसका लागि उसले नेम्वाङका छोरा सुहाङलाई नै उम्मेदवार बनाएको छ । गत निर्वाचनमा गठबन्धनका बीच पनि कांग्रेसको उम्मेदवारसंग हेड टु हेडको प्रतिस्पर्धा, अहिले देशव्यापीरुपमा जल्दोबल्दो रास्वपा र स्थानीय पहिचानवादीको चुनौती एमालेलाई छ । त्यसैका लागि उसले एक त युवालाई उठायो, अर्को सुवासकै छोरालाई छान्दा बाबुको जितको लिगेसी सुहाङले थाम्ने विश्वास एमालेलाई छ ।

साथै यहाँ उसले माओवादीको साथ पनि खोजिरहेको छ । जुन हिजो नै ओलीले प्रष्टगरि राखिपनि सके । उनले भनेजस्तै माओवादीले साथ दियो भने एमालेको किल्ला जोगिन पनि सक्छ । तर फेरि नेम्वाङको उत्तराधिकारीका रुपमा छोरा सुहाङलाई अघि बढाइएकोमा पार्टीभित्र ठूलो विद्रोह आउनसक्ने अनुमान समेत कतिपयको छ । यस्तै पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले ठूला दलहरुलाई असर पारेको छ ।

त्यसमाथि एमाले त्यसको निसानामा छ ।इलाम २ मा रास्वपाको परीक्षण हुने पनि देखिन्छ । पूर्वी पहाडका जिल्लामा आफ्नो संगठन विस्तार गर्ने उद्धेश्य लिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ । त्यसैले उसले माओवादी त्यागेर स्वतन्त्र उम्मेदवार बन्ने दाउमा रहेका पत्रकार मिलन लिम्बुलाई छानेको छ ।

गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेले इलाममा सुवास नेम्वाङको विरासत परिवारवादले नभई अब आफूहरुले धान्ने भन्दै भोट अपिल पनि गरिसकेका छन् । हिजो दलबलसहित इलाम पुगेर रास्वपाले आफू संघीयता विरोधी नभएको, पहिचानको पक्षधर भएको, विकास, किसान र स्थानीयका लागि काम गर्ने बाचासमेत गर्दै जित निकाल्ने बताएको छ । यद्यपी इलाम २ मा अहिलेसम्म एमाले र कांग्रेसकै दबदबा रहेकाले आगामी नतिजा के हुन्छ यसै भन्न सकिने अवस्था छैन ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ । इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो ।

२०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ । स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजार ५ सय १७ मत ल्याएर विजयी बनेका थिए। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए। २०७० को संविधानसभा निर्वाचनमा नेम्बाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार ८ सय २८ मत ल्याएका थिए। २०५६ सालको संसदीय निर्वाचनमा पनि नेम्बाङ यही क्षेत्रबाट विजयी बनेका थिए।

यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ । यो हेर्दा वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचन कसको पक्षमा आउँला ? कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुन्छ वा यो पटक रास्वपाले चकित पार्ला ? केपी ओलीले आशा गरेजस्तै के इलाममा माओवादीले एमालेलाई सघाउला ? यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला। ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top