एक सातादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु

१७ चैत ८०, आइतबार

१८ चैत , काठमाण्डौ ।

Advertisement

एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो ।

बितेको एक हप्ता खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत लुक्लाभन्दा केही तल सुर्केमा पुर्‍याइएको थियो ।

Advertisement

केही पर्यटक सडक मार्गबाट सोलुखुम्बुको फाप्लुसम्म पुगेका थिए ।आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान शुरु भएको तारा एअर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top