पेट्रोलको भाउ ४ रुपैयाँ बढ्यो, नयाँ मूल्य कति ?

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ।

Advertisement

नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ । यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ ।

Advertisement

तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो । यसैबीच सरकारले नेपालमा पनि ४५० किलो तौलको खाना पकाउने ग्यास सिलिण्डर औपचारिक रुपमा उत्पादन गर्न दिने बिषयमा आवश्यक प्रक्रिया अघि बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा १४.२ किलो बाहेक ५ किलो, १९ किलो, ४२.५ किलो र ४ सय ५० किलो तौल भएको एलपी ग्यास सिलिण्डरको उत्पादन र बजारीकरणको अभ्यास निक्कै पुरानो भएपनि नेपालमा भने हालसम्म १४.२ किलो तौलको ग्यास सिलिण्डर मात्रै उत्पादन गर्ने र बजारीकरण गर्ने कानुनी व्यवस्था छ ।

Advertisement

नेपालका उद्योगीहरुले केहि बर्षदेखि उर्जाको रुपमा प्रयोग गर्दैआएको फर्नेश आयल, धान र गहुँको भुंस तथा कोइलालाई विस्थापित गर्नका लागि ४ सय ५० किलो तौलको ग्यास सिलिण्डरको माग गर्दै आएका छन् । पछिल्लो केही बर्षदेखि नेपाल एलपी ग्यास उद्योग संघले पनि ठूलो उद्योग तथा होटेलहरुको हकमा बढि तौल भएको ग्यास सिलिण्डर उत्पादन तथा बजारीकरणका लागि आवश्यक पर्ने कानुनी व्यवस्था मिलाइदिन निगमसहित नापतौल विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पहल गर्दैआएका थिए ।

चौतर्फी रुपमा बढि तौलको ग्यास सिलिण्डरको माग बढ्दै गएपछि हालै मन्त्रालयले गुणस्तर तथा नापतौल विभागका निर्देशक लेखनाथ कँडेलको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ । यो समितिलाई अन्तर्राष्ट्रिय बजारमा बढि तौल भएको ग्यास सिलिण्डरको अभ्यास, बजारीकरण, सुरक्षाको उपाय र मापदण्डको बिषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top