एरिकाले अमेरिकामा जितिन् स्वर्ण पदक

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ ।

नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यू–२१ उमेर समूहको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । गएराति सम्पन्न खेलमा एरिकाले उमेर समूहमा स्वर्ण पदक जितेकी हुन् । तर ६८ केजी माथि तौल समूहमा भने उनले रजत पदकमा चित्त बुझाउनु परेको छ ।

Advertisement

सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३–२ ले पराजित भएकी हुन् । गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन् । अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए ।

एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन् । ४ सदस्यीय टोली गत साता त्यसतर्फ गएको थियो । एसियाली खेलकुदमा एरिकाले जितेको पदक कुनै पनि नेपाली कराँते खेलाडीले एसियाडमा जितेको पहिलो र एकमात्र रजत पदक हो ।

एरिकाले इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । विप्लव भने १३ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top