सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३१ हजार ६ सय

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि गएको शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेको थियो ।

रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ ।आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top