×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

आईपीएलमा आज बैंगलुरु भर्सेस लखनउ, को छ बलियो ?

२० चैत्र २०८०

२० चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्ट्सको सामना गर्दै छ । खेल बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरुले आफ्नो चौथो खेल खेल्न लागेको हो । लखनउले भने तेस्रो खेल खेल्न लागेको हो । यसअघि दुई खेल खेलेको लखनउले एक जित र एक हारको नतिजा निकालेको छ ।

लखनउ दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । रोयल च्यालेन्जर्स बैंगलुरुले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । दुई अङ्कसहित बैंगलुरु तालिकाको नवौँ स्थानमा छ । यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ ।

Advertisement
Advertisement

त्यसमध्ये तीन खेलमा बैंगलुरु विजयी भएको छ । एक खेलमा भने लखनउले बैंगलुरुलाई हराएको छ । अघिल्लो सिजनको आईपीएलमा लखनउले बैंगलुरुलाई एक विकेटले हराएको थियो । केएल राहुल लखनउका कप्तान हुन् । तर, पञ्जाब किङ्सविरुद्धको खेलमा उनी कप्तानको भूमिकामा नभई इम्प्याक्ट प्लेयरको रूपमा मैदानमा ओर्लिएका थिए । राहुल घाइते भएका कारण उक्त खेलमा निकोलस पुरनले कप्तानको भूमिका निर्वाह गरेका थिए ।

जारी सिजनको आईपीएलमा विराट कोहली बैंगलुरुका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले बैंगलुरुका लागि हालसम्म तीन खेलमा कुल एक सय ८१ रन बनाएका छन् । तीनमध्ये दुई खेलमा विराटले अर्धशतक पनि बनाएका छन् । यस्तै आईपीएलको १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ ।

घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा रियान परागले ३९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । रविचन्द्रन आश्विनले १६ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए । पराग र आश्विनले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे ।

सो साझेदारी नै जितमा निर्णायक बन्यो । जोस बटलरले १६ बलमा १३ तथा कप्तान सन्जु सामसनले १० बलमा १२ रन बनाए । मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए ।

Advertisement

तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो योगफलमा पुर्याउने लक्ष्य राखे पनि पान्ड्यालाई युजभेन्द्र चहलले आउट गराए पछि त्यो साझेदारी तोडिएको थियो । राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए । तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा रहेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top