राजेशपाल मदिराले सम्हालिन नसक्ने गरी मातेपछि…

२२ चैत ८०, बिहीबार

२२ चैत ,काठमाण्डौ।

Advertisement

गएराती मदिराले मातेर सार्वजनिक स्थानमा होहल्ला गरेको अवस्थामा पक्राउ परेका गायक राजेश पायल राई रिहा भएका छन् । राजेश पायल राईसहित तीन जनालाई गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको थियो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको थियो’, ।

प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको हो । अन्यको नाम भने प्रहरीले खुलाएन । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । त्यस क्रममा गायक राईलगायतले उल्टै प्रहरीलाई गालीगलोज गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

Advertisement

प्रहरीका अनुसार पुलहाउसअगाडि उनीहरूको एकआपसमा विवाद भएको थियो । प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीलाई थर्काएकाले पक्राउ उनीहरूलाई पक्राउ गरिएको हो । ‘पुलहाउसअगाडि होहल्ला गरेपछि बानेश्वर प्रहरीले रातिको २ बजे राजेशपायल लगायतलाई पक्राउ गरेको हो । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाइएको हो । गायक राई यसअघि पनि विभिन्न विवादमा पर्दै आएका छन् । दुई वर्ष पहिले राई माथि अमेरिकामा स्टेजमै दुर्व्यवहार भएको थियो । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top