सुनको मूल्य आज तोलाको १ लाख ३४ हजार निर्धारण ,चाँदीको कती ?

२२ चैत ८०, बिहीबार
Share this
687shares

२२ चैत ,काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च विन्दु हो।बुधबार चाँदी प्रतितोला एक हजार ६ सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top