कोलकत्तासँग दिल्ली १०६ रनले हार्यो

२१ चैत ८०, बिहीबार

२२ चैत ,एजेन्सी

विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा गएराति कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई फराकिलो अन्तरले हराएको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई एकसय ६ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो ।

कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए । अनकृष रघुवंशीले ५४, आन्द्रे रसेलले ४१ र रिङ्कु सिंहले २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ३ विकेट लिए । ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिए । २ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर २ बलमा सवै विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

Advertisement

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रन बनाए । कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए । जितसँगै कोलकत्ता ३ खेलमा शत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।

आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा गुजरात र पन्जाब दुवैले चौथो खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको तीनमध्ये दुई खेलमा जित हात पारेको छ । एक खेलमा भने गुजरात पराजित भएको छ ।

Advertisement

गुजरात चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । अर्कोतिर, पञ्जाबले तीनमध्ये एक खेलमा जित हात पारेको छ । दुई खेलमा भने पन्जाब पराजित भएको छ । पन्जाब दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ । गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा हालसम्म आईपीएलको १२ खेल खेलेको छ ।

त्यसमध्ये आठ खेलमा गुजरात विजयी भएको छ । बाँकी चार खेलमा भने अन्य टोलीले गुजरातलाई हराएका छन् । गुजरातले आईपीएलको पहिलो उपाधि पनि घरेलु मैदानमै जितेको थियो । गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो । हालसम्म गुजरात र पञ्जाबबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरात विजयी भएको छ । एक खेलमा भने पञ्जाबले जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा भने पहिलो पटक यी दुई टोलीबिच भिडन्त हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top