साउदी अरबले मिस युनिभर्समा भाग नलिने

२१ चैत ८०, बिहीबार

२२ चैत ,एजेन्सी।

साउदी अरबले मिस युनिभर्स प्रतियोगितामा भाग नलिने भएको छ । पहिलो पटक मुस्लिम देशको प्रतियोगीको रुपमा साउदी अरबले मिस यनिभर्समा सहभागिता जनाउन लागेको विषयमा कुनै जानकारी नभएको आयोजकले जनाएको छ । मिस युनिभर्स अर्गनाइजेशनले यस वर्ष हुन लागेको प्रतियोगितामा साउदी अरबले भाग नलिने प्रष्ट पारेको छ ।

एक वक्तव्य जारी गर्दै अर्गनाइजेशनले साउदी अरबले हालसम्म यस वर्ष हुने मिस युनिभर्स प्रतियोगितामा भाग लिने कुरा आधिकारिक रुपमा पुष्टि नगरेको बताएको छ । जबसम्म साउदी अरबले जानकारी गराउँदैन तबसम्म मिस युनिभर्स प्रतियोगितामा साउदी अरबलाई प्रवेश नदिने उसको बयानमा उल्लेख छ ।

Advertisement

२७ वर्षीया साउदी अरबकी मोडल रूमी अलकाहतानीले आफ्नो इन्स्टाग्राममा मिस युनिभर्स प्रतियोगतामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन् । उनले विश्वमै पहिलो पटक मुस्लिम मुलुकको रुपमा साउदी अरबले भिस युनिभर्स प्रतियोगितामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन् । तर, साउदी अरब सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक जानकारी गराइएको छैन ।

Advertisement

साउदी अरेबियाको राजधानी रियादबाट आएकी अलकाहतानीले केही साताअघि मलेसियामा सम्पन्न मिस एण्ड मिसेस ग्लोबल एसियनमा भाग लिएकी थिइन् । ‘मेरो योगदान विश्व संस्कृतिको बारेमा जान्न र हाम्रो प्रामाणिक साउदी संस्कृति र सम्पदालाई संसारमाझ फैलाउनु हो,’ हल्काहतानीलाई उध्दृत गर्दै अरब न्युजले उल्लेख गरेको थियो ।

मिस साउदी अरेबियाको ताज पहिरिनुसँगै उनले मिस मिडल इस्ट (साउदी अरेबिया), मिस अरब वर्ल्ड पिस २०२१ र मिस वुमन (साउदी अरेबिया)को उपाधि समेत हात पारेकी छन् । इन्स्टाग्राममा १० लाख फलोअर्स र एक्समा २ हजार जनाबाट पछ्याइएकी मोडल अल्काहतानीले आफ्नो यो कदमलाई लिएर उत्साहित रहेको बताएकी थिइन् ।’

 

यस्तै लामो समयसम्म रुढिवादी मूल्यमान्यताको कारण परिचित साउदी अरेबियाले पछिल्लो समय ३८ वर्षीय राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा उदारवादी नीतिहरु आत्मसात गर्दैगर्दा रुमीले मिस युनिभर्सको दुनियाँमा प्रतिस्पर्धा गर्न लागेको कुराले निकै चर्चा बटुलेको थियो ।

राजकुमारले महिलालाई गाडी चलाउन, महिला–पुरुष दुवैलाई एउटै कार्यक्रममा सहभागी हुन, पुरुष अभिभावकत्वबिना राहदानीको लागि आवेदन दिन पाइने नियम ल्याएपछि विश्वको ध्यान यसतर्फ सोझिएको छ । तर मिस युनिभर्समा सहभागिता जनाउँने कुरालाई अहिलेसम्म औपचारिक जानकारी नगराएपछि रुमीको सपना भने अधुरै रहने भएको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top