१६ कार्तिक , काठमाण्डौ ।
कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई गोली प्रहार गरी पक्राउ ।
लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको उल्लेख ।

वाणगङ्गा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन्।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट खटिएको टोलीले संयुक्त रूपमा छापा मारेको थियो।
खानतलासीका क्रममा भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफ्नो ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए।
त्यसपछि दुवैलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा कालो प्लास्टिकमा लुकाइएको २४ ग्राम १८० मिलिग्राम र मोटरसाइकलको सिटमुनि लुकाइएको थप चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ ।



