१६ कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा तोकिएको छ भने यूके पाउन्ड स्ट्रलिङको खरिददर २०३ रुपैयाँ ७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा ।

यस्तै स्वीस फ्रयांक एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ भने अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६ पैसा कायम ।
क्यानेडियन डलर १०८ रुपैयाँ ५१ पैसा र सिंगापुर डलर ११८ रुपैयाँ ६४ पैसामा खरिद गर्न सकिने ।

साउदी रियालको खरिददर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल ४१ रुपैयाँ ६२ पैसा र यूएई दिराम ४१ रुपैयाँ २९ पैसा तोकिएको छ।
त्यस्तै, कुवेती दिनारको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८५ पैसा निर्धारण गरिदा बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ६७ पैसा र ओमनी रियालको ३९३ रुपैयाँ ८३ पैसा कायम ।



