ओलीले प्रचण्डलाई फेरि फकाए ,इलाममा माओवादीले एमालेलाई सघाउने

२२ चैत ,काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । एमालेको समर्थनमा सरकार संचालन गरिरहेको माओवादीले एमालेका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएको छ । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको बताएका छन् ।

‘दुई अध्यक्ष बीच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले भनेका छन् । माओवादीले बझाङको प्रदेशसभामा आफूलाई छाड्नुपर्ने शर्तसहित इलाममा सुहाङलाई समर्थन गर्न तयार भएको बताउँदै आएको थियो । तर बझाङको सन्दर्भमा सहमति भयो÷भएन बाहिर आइसकेको छैन ।

Advertisement

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सार्वजनिक रुपमानै माओवादीले इलाममा आफ्नो उमेद्वारलाई सघाउने बताएका थिए । इलाम २ मा गत निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई सघाएको माओवादीले अहिले आफूसंगको गठबन्धनमा रहँदा एमालेलाई सघाउनु पर्ने ओलीले धारणा राखेका थिए । तर त्यसपछि पनि माओवादीले आफ्नो उमेद्वारको नाम सार्वजनिक गरेको थियो ।

अहिले भने आफ्ना उमेद्वारलाई नाम फिर्ता लिन लगाएर एमालेलाई नै सघाउने भएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि पनि कम्युनिष्ट एकताको पहल आफूले थालेको बताउने गरेका छन् । यता आफ्नो उमेद्वारी सार्वजनिक भइसकेपछि सुहाङले पनि प्रचण्ड, माधव नेपाल, झलनाथलगायतका नेताहरुसंग भेट गरेका थिए ।

Advertisement

उनलाई ओलीले नै प्रचण्डसंग भेटका लागि लगेका थिए । सो क्रममा सुहाङको पिताको जस्तै नम्र स्वभाव देखेर प्रचण्ड प्रभावित बनेको उनको सचिवालयले जनाएको थियो । यस्तै माधव नेपाल र झलनाथले पनि जितको शुभकामना दिएको बाहिर आएको थियो । इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन । उम्मेदवारको विषयलाई लिएर विवाद भएपछि आकांक्षीसँग शीर्ष नेताले छलफल गरेका छन् । मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न भने सकेको छैन । बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।

महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको छ । क्षेत्रीय कार्यसमितिको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आकांक्षी धेरै भएपनि मुख्य प्रतिस्पर्धा खड्का र आचार्य रहेका छन्।

खड्का यस अगाडि नेम्वाङसँग हारेका थिए । उनीहरुबीच छलफल गरेपछि आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने छ । इलाममा यसअघि स्व नेम्वाङले जित हासिल गरेकाले त्यो सिट यथावत राख्न एमालेले माओवादीलाई मनाएको छ । य

द्यपि एमालेका उम्मेदवारको प्रतिस्पर्धा भने गठबन्धनकै रास्वपाका मिलन लिम्बु लगायतसँग हुनेदेखिन्छ । रास्वपाले उपनिर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै आएको छ । इलाममा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङपनि चुनाव प्रचारमा पुगेका छन् । उनले पहिचानवादी डगेन्द्रसिंह थेगिमलाई समर्थन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top