गोरखाको सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा, भदौ ३०
गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भने, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उनले खोला नागचेततिर फकिर्दा बस्तीमा क्षति पुगेको बताए । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, के हो भनेर हेर्दा खोला पो रहेछ”, स्थानीय बहादुर गुरुङले भने ।

पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ ।

Advertisement

यता जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी पठाइ सकिएको नेपालको भनाइ छ । एक्कासी बाढी बस्तीमा पसेपछि घरभित्रका लत्ताकपडा, खाद्यान्यलगायत कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितले बताएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top