काठमाडौंका विद्यालयलाई बालेनले लगाम लगाए

२२ चैत ८०, शुक्रबार

२३ चैत , काठमाण्डौ ।
विद्यालयहरुले नै पाठ्यपुस्तकदेखि पोशाकसम्म बिक्री गर्ने गरेको तथा निश्चित स्थान तोकेर पोशाकसमेत त्यहीबाट किन्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको गुनासोपछि बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले त्यस्तो व्यवस्थाविरुद्ध कडा निर्णय गरेको छ । महानगरभित्रका विद्यालयहरू सामुदायिक र संस्थागत सबै विद्यालयहरुले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् ।

Advertisement

महानगरको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । विद्यालयहरूले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोशाक, स्टेशनरी लगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरूलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत महानगरले चेतावनी दिएको छ।

त्यस्तै सामुदायिक विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न भनेको छ। अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्न भनेको छ। यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्न प्रस्ट पारेको छ।

Advertisement

महानगरले नगरभित्रका अग्रेजी नामाकरण गरिएका विद्यायहरुलाई नाम नेपालीमा रुपान्तरण गर्न समेत अल्टिमेटम दिएको छ । समय सीमाभित्र नाम परिवर्तन नगरेमा आवश्यक कारबाही गर्ने महानगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top