दोषी ठहरिएका सन्दीप न्यायको प्रतिक्षामा

२२ चैत ८०, शुक्रबार

२३ चैत , विराटनगर।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई दोषी ठहर भएको बलात्कार मुद्यामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्याको पुनरावलोकन हुने कि नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्यामा दोषी ठहर गर्दै किशोरी भने नाबालिक नरहेको फैसला सुनाएको थियो । सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवान र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए ।

Advertisement

सन्दीप उच्च अदालत पुगेलगत्तै १ चैत्रमा सरकारी पक्षपनि पीडित गौशला २६ नाबालिक रहेको भन्दै उच्च अदातल पुगेको छ । अदालतले आजका लागि पेशी तोकेको छ । अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भीर त्रुटि भएको भन्दै अपिल गर्नेछन् । त्यसपछि अदालतले मुद्यालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिने छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविकरुपमा मुद्या पुनरावलोकन हुने विश्वास ब्यक्त गरेका छन् । उनले भने, दुबै पक्ष अदालतमा पुगेपछि स्वभाविकरुपमा मुद्याको पुनरावलोकन हुन्छ । आज मुद्यामा हामीले जिल्ला अदालतबाट भएका गम्भीर त्रुटिहरुको उठान गर्ने छौं ।

Advertisement

उच्चले यसअघि चैत्र १५ गते पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो । सन्दीपले अदालतमा हाजिर भएर पेशी बुझेका थिए । अदालतले जिल्लाको फैसला सदर गरे सन्दीप जेल जानुपर्नेछ भने पुनरावलोकन गरे अदालतको नयाँ फैसला वमोजिम हुनेछ । अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेसँगै क्यानले सन्दीपलाई क्रिकेटबाट निलम्बन गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top