इमरानका लागि जेलमा सरकारले कति खर्च गर्दैछ ?

२३ चैत  , एजेन्सी ।

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानका लागि जेलमै उच्च सुरक्षाको व्यवस्था गरेको छ । इमरानका लागि रावलपिंडीको अडियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एक जना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन ।

पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ । इमरान खान गत वर्ष अगस्टदेखि पाकिस्तानको जेलमा छन् । तोसखाना मुद्दामा उनलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

Advertisement

यसबाहेक पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको चुनावको केही दिनअघि, खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो । हाईकोर्टमा सुनुवाईका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने ’जेलमा खानको कोठरी वरपरका ६ सेलहरू उनको लागि आरक्षित गरिएको छ । यसबाहेक त्यहाँ थप सीसीटीभीहरू पनि जडान गरिएको छ ।

इमरानले पाएको धम्कीलाई ध्यानमा राख्दै उनलाई भेट्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।’खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ । अहिले प्रधानन्यायाधीश मलिक शहजाद अहमद खानले मुद्दाको सुनुवाइ १६ अप्रिलसम्मका लागि स्थगित गरेका छन् । यसअघि इस्लामाबाद उच्च अदालतले खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा सुनाइएको १४ वर्षको सजायलाई निलम्बन गरेको थियो ।

Advertisement

गत ३१ जनवरीमा इस्लामावादको ’एकाउन्टिबिलिटी कोर्ट’ ले उनीहरूलाई तोशाखाना मुद्दामा जेल सजाय सुनाएको थियो । इमरान र बुशरालाई १० वर्षसम्म सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाइएको थियो भने ७८ करोड ७० लाख जरिवाना गरिएको थियो । पूर्वप्रधानमन्त्री खानमाथि सरकारी उपहारहरू अवैधरूपमा बिक्री गरेको आरोप लागेको थियो । जसलाई तोशाखाना मुद्दाको रूपमा पनि चिनिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top