नेपाल ए को ब्याट नै चलेन, एक दिवसीयमा ६० रनमै अलआउट

२२ चैत ८०, शुक्रबार

२३ चैत , काठमाण्डौ ।
आयरल्यान्ड एसँग दोस्रो एक दिवसीय खेलमा पनि नेपाल ए ११४ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ६० रनमै अलआउट भयो । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो सयम क्रिजमा टिक्न सकेनन् । नेपालका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । ब्याटिङ पुनः चल्न नसकेपछि आयरल्यान्ड वुल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवसीय शृंखला पनि कब्जा गरेको हो । नेपाल एका लागि भीम सार्कीले १७ रन र विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाल एका ५ जना खेलाडी शून्यमै आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड एले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो । आयरल्याण्ड एका लागि गेभिन होयले सर्वाधिक ५० रन बनाए । नेपाल ए पहिलो खेलमा पनि पराजित भएको थियो । टि–२० शृंखला २–१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २–० ले कब्जा गरेको हो ।

Advertisement

नेपालले आजको खेलमा अर्जुन कुमाल, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको थियो । नेपालका लागि कप्तान विनोद भण्डारी, नरेन भट्ट, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन् । नेपाल पहिलो २१ रनले पराजित भएको थियो ।

वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको थियो । एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।

Advertisement

यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो । नेपाल र आयरल्यान्डबिच खेलवटा खेलको एकदिवसीय शृंखला खेलिने छ । तेस्रो एकदिवसीय खेल भने आइतबार खेलिने छ । यसअघि खेलिएको तीनवटा खेलको टी–२० शृङ्खलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top