×

NEPAL TIMES UPDATES

Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026

इजरेलसँग बदला लिदैं इरान, गर्यो आक्रमणको तयारी

२३ चैत्र २०८०

२३ चैत , विराटनगर।

एकातिर गाजामा हमासविरुद्धको जवाफी आक्रमण सुरु गरेपछि हमासलाई समर्थन गर्नेहरुसंग पनि इजरायलको संघर्ष बढ्दै गएको छ । अर्कातिर आफूलाई समर्थन गर्दै आएको अमेरिकाले पनि चेतावनीको भाषा बोल्न थालेपछि इजरायल यतिबेला थप संकटमा पर्ने देखिएको छ । यहीबीच इरानले पनि अब इजरायलमाथि आक्रमण गर्ने तयारी थालेको खबरहरु आइरहेका छन् ।

Advertisement
Advertisement

यसैपनि सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिइसकेको छ । जुन हमलामा ११ जना मारिएका थिए । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेको रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्ला हिअनले सो हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन् । र इरानले यसको बदला लिने चेतावनी दिदै जाहेदीको मृत्युका लागि इजरेल जिम्मेवार रहेको जनाएको छ । जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ । दमास्कसमा गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

अर्काे तर्फ इरानमा सुरक्षा बलमाथि भएको आतंकवादी हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा दुई स्थानमा रहेको रिभोलुसनरी गार्डको मुख्यालयमा यो हमला गरिएको थियो। मिडिया रिपोर्टका अनुसार मारिनेमा ११ इरानी सैनिक र अन्य १६ जना रहेका छन् । राज्य मिडियाले भनेको छ कि सुन्नी मुस्लिम लडाकुहरूले दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा इरानको रिभोलुसनरी गार्डको मुख्यालयमा भएको आक्रमणमा कम्तिमा ११ इरानी सुरक्षा बलहरू सहित २७ जना मारिएका छन्।

पछिल्ला केही वर्षमा इजरेलले सिरियास्थित इरानी सम्बन्ध रहेका पूर्वाधारमाथि हमला गर्दै आएको छ । तर त्यस्ता हमलाको उसले विरलै जिम्मेवारी लिने गरेको छ । यता पछिल्लो हमलापछि भने इरानले जबाफी कदमका लागि समय लिन सक्ने तर अनपेक्षित रूपमा उसले हमला गर्न सक्ने सम्भावना रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । इरानको यस्तो चेतावनीका बीच इजरायलले खतरा महसुस गरिसकेको छ ।

इरानसँग तनाव बढ्दै गएपछि उसले क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ । बिहीवार इजरेलका मध्य भागहरूमा जीपीएस प्रणाली अवरुद्ध पारिएको छ । जीपीएसमा निर्भर भएर स्थान चयन गर्न र आक्रमण गर्न प्रयोग हुने अस्त्रहरूलाई रोक्नका लागि त्यस्तो गर्ने गरिन्छ । इजरेली नागरिकहरूले युद्ध भइरहेका क्षेत्रभन्दा टाढा तेल अभिभ र जेरुसलेमजस्ता प्रमुख सहरहरूमा पनि लोकेशनमा आधारित एपहरू प्रयोग गर्न आफूहरूले नसकेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

टाइम्स अफ इजरेलका अनुसार इजरेलीहरूलाई क्षेप्यास्त्र आक्रमणबारे ’अलर्ट’ जारी गर्ने एपमा उनीहरूको वास्तविक लोकेशन सेट गर्न भनिएको छ । यस्तै आईडीएफका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा लेख्दै मानिसहरूलाई नआत्तिन आग्रह गरेका छन् । उनले त्यहाँ लेखेका छन्, “जेनेरेटरहरू किन्न, खाना भण्डारण गर्न र एटीएमबाट पैसा निकाल्न आवश्यक छैन।“ “आजसम्म हामीले जे गरेका छौँ त्यस्तै गरी यदि कुनै पनि परिवर्तन भएमा आधिकारिक र व्यवस्थित रूपमा तुरुन्तै अद्यावधिक गरिहाल्छौँ।“

इजरेली सञ्चारमाध्यमहरूले देशका केही दूतावासहरूलाई सम्भावित इरानी आक्रमणको डरका कारण सतर्क अवस्थामा राखिएको वा खाली गराइएको जनाएका छन् । यता इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि युद्ध एकाइमा कार्यरत आफ्ना सैनिकहरूलाई कुनै पनि प्रकारको बिदा नदिने घोषणा गरेको छ । उसले ’रिजर्भिस्ट’ भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएको भोलिपल्ट बिदा स्वीकृत नगर्ने घोषणा गरेको हो ।

इजरेली अधिकारीहरूले इरानले तत्कालै प्रतिक्रयास्वरूप हमला गर्न सक्ने ठानेको देखिन्छ । यस्तो आजबाटै हुनसक्ने अनुमान गरिएको छ । किनभने मुस्लिमहरूको पवित्र महिना रमजान अन्तिम शुक्रवार ’कुड्स डे’ वा ’जेरुसलेम डे’ पनि हो । यस दिन प्रायः प्यालेस्टीनको समर्थन र इजरेलको विरोधमा जुलुसहरू प्रदर्शन हुने गर्छन् । त्यस्ता जुलुसहरू विशेषगरी इरानमा निस्कने गर्छन् ।

यसबीच यता गाजामाथिको आक्रमणलाई लिएर आफ्ना कुरा नसुनेपछि इजरायलसँग अमेरिका चिढिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा अमेरिका सधैं इजरायलको ‘पोलिटिकल ब्याकअप’ रहँदै आएको छ । तर, गाजा आक्रमणलाई लिएर इजरायलले अमेरिकालाई बेवास्ता गरिदिएको छ । हमाससँगको दुश्मनीमा निहत्था गाजावासी र खाद्य राहतकर्मीसमेत मारिने क्रम नरोकिएपछि अमेरिकाले युद्धविराम गर्न इजरायललाई आग्रह गर्दै आएको छ ।

समाचार संस्था एपीका अनुसार, बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच फोनमा ३० मिनेट कुराकानी भयो । त्यस क्रमममा बाइडेनले इजरायलसँग अनुरोधको शैलीमा नभएर चेतावनीको शैलीमा कुरा गरेका एपीको समाचारमा उल्लेख छ । ‘आफ्ना वार्ताकारलाई ढिलासुस्ती नगरी युद्धविरामको सम्झौता गर्न बाइडेनले नेतान्याहूलाई दबाब मात्र दिएनन्, भनेको नमाने भविष्यमा अमेरिकी समर्थनमा पुनर्विचार गर्ने चेतावनीसमेत दिए ।’

अमेरिकी नेताले इजरायललाई पहिलोपल्ट यस्तो चेतावनी दिएका हुन् । अमेरिकाले रणनीति नबदलोस् भन्ने चाहेको भए इजरायलले गाजाको रणनीति बदल्नुपर्ने र त्यहाँ धेरेभन्दा धेरै मानवीय सहायताको अनुमति दिनुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइ थियो । अमेरिकी नीतिमा के परिवर्तन हुन सक्छ भन्ने कुरा प्रस्ट नभए पनि इजरायललाई दिँदै आएको युद्ध सहायता र विश्व मञ्चमा अमेरिकाको समर्थन परिवर्तन हुन सक्ने एपीको समाचारमा उल्लेख छ ।

गाजामा इजरायली हवाई आक्रमणबाट सात खाद्य राहतकर्मी मारिएको केही दिनपछि बाइडेन र नेतन्याहूबीच फोन कुराकानी भएको हो ।अमेरिकी राष्ट्रपतिसँगको कुराकानीपछि नेतन्याहुले अहिले भने फेरि गाजामा राहत सामग्री पु¥याउन तीनवटा मार्ग खोल्न सहमत भएका छन् । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो ।

Advertisement
Advertisement

मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top