Nepal Times
Nepal Times
3
Shares

इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नाईको दोस्रो हार

इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नाईको दोस्रो हार

२४ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले हरायो । आईपीएलको जारी सिजनमा यो चेन्नाई सुपर किंग्सको दोस्रो हार हो । चेन्नईले जितका लागि दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो । हैदराबादका एडन मारक्रमले ५० रन बनाए ।

अभिषेक शर्माले ३७ रन जोडे । चेन्नईका मोइन अलीले दुई तथा महेश थिक्सना र दीपक चाहरले एक÷एक विकेट लिए । त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । उसका शिवम दुवेले ४५ तथा अजिंक्या रहानेले ३५ रन बनाए। यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाद पाँचौं स्थानमा छ ।

रनरेटका कारण हैदराबादभन्दा लखनउ एकस्थानमा माथि चौथो स्थानमा रहेको छ । सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् । लखनउ, पन्जाब र गुजरातको ४–४ तथा बेंगलुरु र दिल्लीको २–२ अंक छ । मुम्बईले खाता खोलेको छैन ।

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ ।

अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । आईपीएलमा राजस्थान र बैंग्लुरुबिच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंग्लुरु १५ खेलमा विजयी भएको छ । यी दुईबिचको ३ खेलको कुनै नतिजा निस्कन सकेन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.