Nepal Times
Nepal Times
3
Shares

प्रिमियर लिगमा आज ७ खेल, कुन खेल कति बजे ?

प्रिमियर लिगमा आज ७ खेल, कुन खेल कति बजे ?

२४ चैत, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच खेल हुनेछ । सिटी ३० खेलमा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस ३० अंकसहित चौधौँ स्थानमा छ ।

त्यस्तै बेलका पौने ८ बजे उल्भ्स र वेस्ट ह्याम, एभर्टन र बर्नली, एस्टनभिल्ला र ब्रेन्टफोर्ड, फुलहम र न्यूक्यास तथा लुटन टाउन र बर्नमाउथ खेल्दैछन् ।आज हुने अर्को खेलमा राति सवा १० बजे आर्सनल र ब्राइटनबिच प्रतिस्पर्धा हुनेछ । आर्सनल ३० खेलमा ६८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ४३ अंक रहेको ब्राइटन नवौँ स्थानमा छ ।

प्रिमियर लिगमा ३० खेलमा ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको हो । आर्सनल भन्दा १ अङ्कले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थप गरेपछि शीर्ष स्थानमा २ अङ्कको अग्रता लिन सफल भयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.