दशरथ रंगशालामा फर्कियो सौन्दर्य

२४ चैत ८०, आइतबार

२५ चैत, काठमाण्डौ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भएको थियो । त्रिपुरेश्वरको दशरथ रंगशाला नै नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान हो । तर यही मैदान खेल्न योग्य भएन र नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनु परेको थियो ।

एएफसीका प्रतिनिधिले नै निरीक्षण गर्दै दशरथ रंगशालामा खेल्नयोग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको हो । त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो । त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ ।

Advertisement

हाल माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि.ले दशरथ रंगशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाएको छ । माउण्ट एभरेस्ट स्पोर्ट्स प्रा.लि. फुटबलको मैदानमा निर्माण सम्बन्धि काम गर्दै आएको संस्था हो । राखेपले सो कम्पनीलाई काम गर्न ठेक्का दिएको हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशको प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको बताए ।

अब एन्फाले दशरथ रंगशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ । अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रंगशालामा नदिने स्पष्ट पारेको छ । रंगशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रंगशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ ।

Advertisement

राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रंगशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने जनाएको छ । खेल्नका लागि योग्य खेल मैदानमा बनाइराख्न राखेपले काम गर्ने राखेप सदस्यसचिवको भनाइ छ । यदि यो मैदानमा कसैले आगामी दिन खेल हुन योग्य छैन भन्नु भन्दा अगाडि राखेपसँग पनि सहकार्य गर्न आग्रह गरे ।

राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रंगशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेण्ट प्रालीलाई जिम्मेवारी दिएको छ । तर माउण्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ । माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालीका निर्देशक थमन भुसालले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको बताएका छन् ।

भविष्य नयाँ प्रविधि प्रयोग गरेर यो रंगशालालाई राम्रो बनाउने भुसालको विश्वास छ । विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ । उक्त ‘होम म्याच’ दशरथ रंगशालामा नै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ । यद्यपि त्यसको लागि एन्फाको भूमिका पनि महत्वपूर्ण हुने राखेपले उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top