×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनमा रेकर्डमाथि रेकर्डः कुन देशसँग कति छ सुन ?

२६ चैत्र २०८०

२६ चैत , विराटनगर ।
नेपालमा पछिल्लो पटक सुनको उच्च भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । आज पनि यो क्रमले निरन्तरता पायो । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो ।

Advertisement
Advertisement

गएको पुसमा तोलाको १ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ फागुनको शुरुतिर घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

फेरि विस्तारै सुनको मूल्य बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो ।

रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।
सुनचाँदी व्यवसायीहरुका अनुसार रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

विश्वबजारमा सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै जाँदा कुन देशसँग सबैभन्दा बढी सुन छ भन्ने चासोको विषय बनेको छ । विश्व सुन परिषद्का अनुसार विश्वका देशमध्ये सबैभन्दा बढी अमेरिकासँग रहेको छ ।

अमेरिकासँग ८ हजार १३३ टन सुन रिजर्भ रहेको परिषद्को रिपोर्टमा जनाइएको छ । जसको अमेरिकी डलर लाखमा ५ अर्ब ४३ अर्ब ४९ करोड ९३ लाख रहेको छ ।

यस्तै जर्मनीसंग ३ हजार ३५३ टन, इटलीसंग २ हजार ४५२ टन, फ्रान्ससंग २ हजार ४३७ टन, रुससंग २ हजार ३३३ टन, चीनसंग २ हजार २३५ टन, स्वीटरल्याण्डसंग १ हजार ४० टन, जापानसंग ८ सय ४६ टन, भारतसंग ८ सय ४ टन, नेदरल्याण्डसंग ६१२ टन, टर्कीसंग ५४० टन, ताइवानसंग ४२४ टन, पोर्चुगलसंग ३८३, उज्वेकिस्तानसंग ३७१, पोल्याण्डसंग ३५९, साउदी अरेबियासंग ३२३, बेलायतसंग ३१०, काजाखास्तानसंग २९४, लेबनानसंग २८७, स्पेनसंग २८२ टन सुन रहेको छ । नेपालसँग करिब ७.९९ टन सुन रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
विश्व बजारमा यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार गरेको थियो । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेकोमा मुख्य कारणहरुमा भू–राजनीतिक विवाद, अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलनसंगै चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण पनि सुनको मूल्यमा उछाल आईरहेको जानकारहरु बताउँछन् ।

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना(पीबीसी)’ले सुनको भण्डारमा गरिरहेको वृद्धिलाई विश्वका अन्य केन्द्रीय बैंकहरुले समेत पछ्याईरहेका छन् ।

वल्र्ड गोल्ड काउन्सिलका अन्सार पिपुल्स बैंक अफ चाइनाले विगत १६ महिनादेखि निरन्तर रुपमा सुनको भण्डार वृद्धि गरिरहेको छ । सन् २०२३ मा पीबीसीले विश्वका अन्य केन्द्रीय बैंकको तुलनामा सबैभन्दा बढी सुन खरिद गरेको थियो ।

रिपोर्टका अनुसार गत वर्ष पीबीसीले २२५ मेट्रिक टन सुन खरिद गरेको थियो । जुन विश्वका अन्य केन्द्रीय बैंकले खरिद गरेको १ हजार ३७ मेट्रिक टनको तुलनामा झण्डै एक तिहाई हुन आउँछ ।

जनवरी र फेब्रअरी महिनामा पीबीसीले २२ टन सुन भण्डारण गरेको छ । अहिले चीनको केन्द्रीय बैंकको भल्टमा २ हजार २०० बढी टन सुन मौज्जाद छ । अर्कोतर्फ चीनको रियल स्टेट क्षेत्र, सेयर बजार र चिनियाँ युआन कमजोर बनेपछि चिनियाँ नागरिकले सुनमा लगानी बढाएका छन् ।

उनीहरुले सुनको सिक्का, बार र गरगहनाको खरिद बढाएका छन् । यता मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा पुर्याईरहेका छन् । कठिन परिस्थिती र मुद्राको अवमूल्यन भएको अवस्थामा सुनलाई लगानीकताले सबैभन्दा सुरक्षित‘सेफ हेभन’का रुपमा लिने गर्छन ।

संसारभरि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मानिने सुनलाई नेपालमा भने कानुनी रूपमा व्यावसायिक लगानी गर्न पाइँदैन । नेपालमा केन्द्रीय बैंकले मात्रै सुनमा लगानी गरेको छ । नेपालमा वाणिज्य बैंकहरूले हाल दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने नीतिगत व्यवस्था छ ।

वैदेशिक रोजगारमा गएकाले पनि ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । नेपालमा काँचो वा ढिक्का सुन खरिद गर्न पनि पाइँदैन । यदि त्यस्तो सुन खरिदबिक्री भए अवैधानिक मानिन्छ ।

कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । यस्तोमा लगानीकर्ता तथा कारोबारीले विश्वभरि सुन कारोबार गरेर नाफा लिइरहेका छन् ।

तर नेपालमा कमोडिटी बजार नै छैन । केही वर्षअघि सञ्चालनमा रहेका कमोडिटी बजार समेत बन्द गरिएको छ । नीतिगत व्यवस्था गरी व्यवस्थित रूपमा कमोडिटी बजार सञ्चालन गर्ने भनेर यो बन्द गरिएको हो ।

तर, कमोडिटी बजार सञ्चालन तथा नियमनको जिम्मेवारी पाएको धितोपत्र बोर्डले ठोस काम गर्न सकेको छैन । राज्यले कमोडिटी बजार सञ्चालन नगर्ने, ढिक्का सुन खरिदलाई अवैध मान्ने जस्ता नियन्त्रित अभ्यासले नै अवैध कारोबार फस्टाउँदै जाने जोखिम बढेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमा सुनका गहना बैंकमा निक्षेपका रूपमा जम्मा गरेर ब्याज पाइने व्यवस्था गरिने भनी घोषणा गरिएको थियो । तर, यो घोषणामै सीमित भएको छ ।

यसबीच विश्वबजारमा हरेक दिन नयाँ रेकर्ड कायम गर्दै जाँदा आगामी दिनमा सुनको मूल्य बढ्ने प्रक्षेपण नेपाली व्यवसायीहरुको छ। नेपाली व्यवसायीहरुले सुनको मूल्य बढ्ने क्रम जारी रहेको भन्दै आगामी ६ महिनामा १ लाख ५० हजार पुग्ने अनुमान गरेका छन्।

अन्तराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावको सोझो असर नेपाली बजारमा पनि पर्ने भएकोले यदि प्रक्षेपणअनुसार नै सुनको मूल्य बढे नेपालमा समेत अबको ४–५ वर्षभित्र प्रतितोलामा हालको मूल्यमा ९० प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार रुपैयाँभन्दा माथि पुग्नसक्ने देखिएको छ ।

बेलायतको चर्चित ब्लग ’लाइट फाइनान्स’ले प्रकाशित गरेको एक रिपोर्टमा मुद्रास्फिति, मुद्राहरुको मूल्यमा हुने उतारचढाव, भूराजनीतिक तनावका कारण मन्दीको जोखिम, ब्याजदरहरुमा हुने तीव्र उतारचढाव तथा आपूर्ति र मागसँग अन्तरसम्बन्धित विषयलाई सुनको मूल्य रकेटको गतिमा उड्ने प्रमुख कारणको रुपमा प्रस्तुत गरिएको छ ।

विश्लेषकहरुले २०२४ को अन्त्यसम्म २५५२.१५ डलर प्रति औंससम्म पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको अहिलेको मूल्यमा १६ प्रतिशतभन्दा बढीको वृद्धि हो ।

यदि यो आँकलन सत्य सावित भयो भने सन् २०२४ भित्र नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ सहजै पार गर्नेछ । अर्थात, अबको ९ महिनाभित्र सुनको मूल्य प्रतितोला डेढलाख हाराहारी पुग्ने अनुमान गर्न सकिन्छ ।

विश्लेषकहरुले सन् २०२५ देखि २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ४१०० डलरभन्दा माथि पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको हाल कायम मूल्यको ९० प्रतिशतभन्दा बढीले माथि हो ।

वृद्धिको यही हिसाब लगाएर हेर्ने हो भने नेपालमा समेत सो बेलासम्म सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँभन्दा माथि पुग्नेछ । सामान्यतया डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने प्रचलन रहिआएको छ ।

Advertisement

तर अहिले डलरको मूल्यसँगै सुनको मूल्य पनि बढिरहेको अवस्था छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top