×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदमा कांग्रेसले देखायो शक्ति, रवि हेरिरहे

२७ चैत्र २०८०

२७ चैत ,काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

Advertisement
Advertisement

प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै बैठकमा सहमति नजुटेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकसाथ उठेका थिए । बैठकको सुरुमै दुवै दलका सांसद उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

संसद्को प्रतिपक्ष दल र सरकार पक्ष दलको बेन्चबाट सांसदहरू उठेपछि सभामुख घिमिरेले सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई ५ मिनेट बोल्न समय दिए । कांग्रेसले संसद्मा गृहमन्त्री रवि लामिछाने विरुद्ध बोलेका कुराको प्रतिवाद गर्ने रास्वपाले सङ्केत गरेको थियो । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।

तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् । थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिएकी थिइन ।

लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरु उभिएपछि उनले बोल्ने अवसर नै पाएनन् । बैठकमा प्रतिपक्ष र सत्तापक्ष नै उठेपछि सुरुमा प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । कांग्रेसले गृहमन्त्रीको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको र कांग्रेसको सो कदमको बिरोधमा सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि उठेर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरिएको थियो ।

Advertisement

यसअघि सभामुख घिमिरेलेसंसद बैठक सुचारु गराउनका लागि वातावरण बनाइदिन सबै सांसदहरुलाई पटक पटक आग्रह गरेका थिए । संसदमा एकअर्काप्रति सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आवाज उठाईरहदा संसदमा बोल्नका लागि पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भने दर्शक बनिरहेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top