गाजाबाट सेना फिर्ता गरेको भन्दै नेतान्याहुविरुद्ध ‘विद्रोह’

२६ चैत ८०, मंगलबार

२७ चैत , एजेन्सी ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा जारी युद्धको बीचमा आफ्नै घरमै फसेका छन्। नेतान्याहुले आफ्नै वरिष्ठ मन्त्रीहरूको विरोधको सामना गरिरहेका छन्। वरिष्ठ मन्त्रीहरूले सेना फिर्ता गरेपछि गाजामा नयाँ आक्रमणको माग गरिरहेका छन्।

हमाससँग इजरायलको युद्धको ६ महिनापछि एकातिर नेतन्याहु गाजामा समस्यामा परेका छन् भने अर्कोतर्फ मन्त्री तथा सरकारी अधिकारीहरूले उनलाई चुनौती दिइरहेका छन् ।

द सनको रिपोर्टका अनुसार नेतान्याहुले यस मामिलामा विद्रोह जस्तो अवस्थाको सामना गरिरहेका छन्। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय इजरायली मारिएपछि इजरायलले गाजामा आक्रमण जारी राखेको छ।

Advertisement

छ महिनाको लडाइँपछि इजरायली सेना दक्षिणी गाजाबाट फिर्ता भएको छ । यो अप्रत्याशित कदम कथित रूपमा युद्धविराम सम्झौतासँग जोडिएको छ, जुन हजारौं इजरायलीहरूले पनि माग गरिरहेका थिए।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेनाभिरले यस निर्णयको कडा आलोचना गरेका छन् र नेतन्याहूलाई राफाहमा नयाँ भूमि आक्रमण गर्न आग्रह गरेका छन्। उनले सेना फिर्ता गर्ने निर्णयपछि नेतान्याहुले प्रधानमन्त्री पदमा रहन नसक्ने बताएका छन् ।

Advertisement

“यदि प्रधानमन्त्रीले हमासलाई परास्त गर्न ठूलो मात्रामा आक्रमण नगरी रफाहमा युद्ध समाप्त गर्ने निर्णय गरे भने, उहाँसँग प्रधानमन्त्रीको रूपमा सेवा जारी राख्ने जनादेश हुनेछैन,“ उनले भनेका छन् ।

इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले यो निर्णयले इजरायलको जितको सम्भावनालाई असर गरेको बताएका छन् । “महत्वपूर्ण निर्णयहरू लिनको लागि अधिकृत फोरम भनेको सुरक्षा क्याबिनेट हो, तर दुर्भाग्यवश चीजहरू त्यसरी काम गरिरहेका छैनन्,“ स्मोट्रिचले भनेका छन्, मन्त्रिपरिषद्को स्वीकृतिविना नै निर्णय भइरहेको हामीले देखिरहेका छौँ ।

अन्तर्राष्ट्रिय दबाबमा युद्धलाई सुस्त बनाएर हाम्रो हितमा हानि भइरहेको छ । रिपोर्टहरूका अनुसार गत हप्ता गाजामा छ जना विदेशी सहायता कार्यकर्ता र उनीहरूका प्यालेस्टिनी ड्राइभरको मृत्युले इजरायलका लागि महत्त्वपूर्ण परिवर्तन गरेको छ। यसैबीच, बन्धकहरूको रिहाइको लागि प्रदर्शन पनि तीब्र बन्दै गएको छ।

इजरायली नागरिकहरूले आफ्ना मानिसहरूलाई रिहा गर्न र युद्धविराम सम्झौताको लागि दबाब दिन प्रदर्शन गरिरहेका छन्। गत हप्ता पनि जेरुसेलममा हजारौं मानिस सडकमा उत्रिए र प्रदर्शन गरेका थिए ।

यी सबैको बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह सहरमा आक्रमणलाई तिव्रता दिने कुरा गरेका छन् । नेतन्याहुले इजरायलले रफाहमा स्थल सेना पठाउने बताएका छन् ।

किनभने यो हमासको अन्तिम गढ हो। नेतन्याहुले सोमबार एक भिडियो बयानमा भनेका छन्, कि रफाह अभियान विजयको लागि आवश्यक थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top