इरान आइलागे आफू पनि जाइलाग्ने इजरेलको धम्की

२८ चैत ८०, बिहीबार

२९ चैत, एजेन्सी ।
उत्तरी गाजामा इजरायलको हवाइ आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराहरु मारिएका छन् । इजरायलले मुस्लिमहरूको इद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन् । हानियाले आफ्ना छोराहरु हाजेम, आमिर र मोहम्मदका साथै चार नातिनातिनाहरूको मृत्यु भएको पुष्टि गरेका छन् ।

सती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको उनको भनाइ छ । इजरायलको सेनाले उनका छोराहरू हमासको सैन्य शाखाका सदस्य भएको जनाएको छ । हानियाका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन् ।

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका छन् । कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले आफूहरू प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको बताए । यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने उनको दाबी छ ।

Advertisement

उनले प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने बताए । साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक थिए । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पनि प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनु नै शान्तिको दिशामा उपयुक्त कदम हुने बताए ।

यता इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ ।

Advertisement

विदेशमन्त्री इजराइल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजरायलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।” इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजरायलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजरायललाई दोष दिएको छ । इजरायलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजरायलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ । यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो ।

खमेनीले रमजानको प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताएक्ँ छन्् । अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए ।

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजरायलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गरेका छन् । इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजरायलविरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजरायललाई मान्यता दिँदैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top