करोडौं पर्ने बुद्धचित्तको रुख काटेर ४ वटा बम, कसले राख्यो ?

२९ चैत ८०, शुक्रबार

३० चैत , काठमाण्डौ।

काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एउटा घरमा चारवटा सकेट बम राखेको फेला परेको घटना सार्वजनिक भएको छ । फूल फुल्न लागेको बेलामा बोट काटिएको अवस्थामा फेला परेको हो । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग गर्ने गरेका छन् । शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित रुख धनी शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको मालाको बोट काटिएको थियो ।

अज्ञात समूहले काटेको बुद्धचित्तको रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको पनि खुलेको छ । रुख धनी तामाङले करिब ३ महिनाअघि काभ्रेका सन्दीप त्रिपाठी र सत्यमान लामालाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा दिएका थिए । गत वर्ष भने उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा लगाइएको थियो ।

Advertisement

‘पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो’, रुख धनी तामाङले भने, ‘अहिले रुखमा फूल फूल्दै थियो, फल्नुअघि नै रुख काटिदिए ।’ सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । त्रिपाठीले भने यही व्यवसायमा रहेका अरुले आफूले नपाएको झोंकमा यस्तो घटना गराएको हुनसक्ने आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले फूल फूल्ने बेलामा कसले र किन रुख काट्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको बताए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ । व्यवसायी मानबहादुर तामाङलाई प्रहरीले सोधपुछ गरिरहेको छ । उनले उक्त रुख आफूलाई ठेक्कामा दिन घर धनीलाई भनेका थिए ।

Advertisement

तर उनीसँग कुरा नमिलेपछि अर्को पक्षले रुखको ठेक्का पाएको थियो । रुख काट्न गएको समूहले घर बाहिर बमसमेत राखेको प्रहरीले जनाएको छ । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा बुद्धचित्तको बोट काटिएको अवस्थामा थियो भने घरको आँगनमा चारवटा घरेलु सकेट बम फेला परेको थियो ।

सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, त्यतिञ्जेल यसमा संलग्न व्यक्तिहरु फरार भइसकेका थिए । प्रहरी टोली घरमा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट पनि फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका गरिएको छ ।

काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top