उन्मुक्ति भित्रको महाभारत अझै सकिएन, मुख्यमन्त्रीको दुई सहमति

१ बैशाख ८१, आइतबार

२ वैशाख , काठमाण्डौ ।

नागरिक उन्मुक्ति पार्टी भित्रको पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबीचको विवाद झनै उग्र बनेको छ । सुदूरपश्चिम सरकारमा सहभागि हुने कि नहुने, नयाँ गठबन्धनमा समावेश हुने कि काग्रेससहितका दलहरुसँग मिलेर सरकारमा जाने भन्ने विषयमा देखिएको विवाद अहिले सुदूरको मुख्यमन्त्री बन्ने विषयमा सहमति बनिसक्दा समेत टुंगिएको छैन् ।

सुदूरको नेतृत्व आलोपालो गर्न गठबन्धनका शीर्ष नेताबिच सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज भएको छलफलमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

Advertisement

नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीका अनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिम दिन हो । नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने बताइएको छ ।

आज नै दाबी पेश गर्ने कैलाश चौधरीले बताएका छन् । अर्काे तर्फ सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने तयारी गरेका छन् ।

Advertisement

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताएका छन् । यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । कांग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ । यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ ।

तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । सुदूरमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top