×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

इजरेलको आकाशमा ३ सय मिसाइल, कति छन् नेपाली ? सरकारले माग्यो रिपोर्ट

२ बैशाख २०८१

२ वैशाख , एजेन्सी।

इरानले शनिबार राति इजरायलमा भीषण आक्रमण गरेपछि इजरायलमा रहेका नेपालीहरुका बारेमा थप चिन्ता र चासो बढेको छ । हमासको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको र सोही घटनादेखि एक नेपाली अझै बेपत्ता रहेको अवस्थामा इजरायलको पछिल्लो अवस्थालाई लिएर परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले इरान र इजरायलबीचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्रले रिपोर्ट मागेको बताएका छन् । इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गरी ल्याउनुपर्ने हुनसक्छ ।

गएको असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । त्यति बेला सरकारले इजरायलमा रहेका मध्ये साढे २०० भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएको थियो । यसअघि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको थियो ।

“अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,” इजरायलस्थित नेपाली दूतावासद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । इरानले आक्रमण सुरु गरेपछि इजरायली होम फ्रन्ट कमान्डले सर्वसाधारणका निम्ति नयाँ निर्देशन जारी गरेको दूतावासले जनाएको छ ।

नयाँ निर्देशनमा सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्न भनिएको छ । नेपाली दूतावासले आवश्यक सुरक्षाका निम्ति नेपालीलाई स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन अनुरोध गरेको छ ।

इजरायलमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो परे दूतावासको द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा फोन गर्न दूतावासले भनेको छ । केही दिनअघि सिरियामा रहेको आफ्नो महावाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले त्यसको बदला लिने घोषणा गरेको थियो ।

Advertisement

बदलास्वरूप इरानले आइतबार बिहान इजरायली भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । इजरायली सेनाले इरानले प्रहार गरेका ३०० भन्दा बढी क्रुज मिसाइल र ड्रोनलाई आकाशमै ध्वस्ता पारेको जनाएको छ । इरानले प्रहार गरेका मिसाइल आकाशमै ध्वस्त पार्न अमेरिका र बेलायतले पनि साथ दिएका थिए । यद्यपि इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top