Nepal Times
Nepal Times
3
Shares

राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन

राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन

३ वैशाख , काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष थिए ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो । उनको शवलाई श्रद्धाञ्जलीका लागि आज राप्रपा कार्यालयमा राखिएकोे छ ।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताएका छन् । चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रकालीमा प्रदर्शन गरेको थियो ।

प्रर्दशनमा प्रहरीले दमन गरेको भन्दै राप्रपा नेताहरुले सरकारको आलोचना गरेका थिए । राप्रपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेपनि नियन्त्रण गर्न नसकेपछि अश्रुग्याँस प्रहार गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.