सन्दीप लामिछानेको पुनरावेदनमा आजदेखि सुनुवाइ

२ बैशाख ८१, सोमबार

३ वैशमख , काठमाण्डौ ।

Advertisement

उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ।उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो।

दुवैको मुद्दालाई एकैसाथ राखेर उच्चले सुनुवाइ गर्ने भएको छ। उच्च अदालतले निकालेको साप्ताहिक पेशी सुची अनुसार आज यो मुद्दामा सुनुवाइ हुनेछ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

Advertisement

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए। दुवै पक्षको पुनरावेदनमा एउटै मुद्दामा राखेर उच्च अदालत पाटनले चैत २३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश गर्दै आजका लागि पेशी तोकेका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top