×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

इरानले इजरायलको जहाज नै कब्जा गर्याे

३ बैशाख २०८१

३ वैशाख , एजेन्सी ।

इरानले कब्जा गरेको पानीजहाजमा रहेका १७ भारतीय चालक यतिबेला इरानमा बन्धक अवस्थामा रहेका छन् । यस विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा सवार चालक दलका १७ भारतीय सदस्यहरूलाई रिहा गर्न माग गरेको बताएका छन् ।

Advertisement
Advertisement

वार्तामा जयशंकरले मध्य पूर्व क्षेत्रको पछिल्लो अवस्था, बढ्दो तनाव आदिबारे कुराकानी गर्दै धैर्य अपनाउन र कूटनीतिक माध्यमबाट तनाव कम गर्नेबारे चर्चा गरेका थिए । इरानले शनिबार एक इजरायली अर्बपति व्यापारीको मालवाहक जहाज कब्जा गरेको थियो । यसको चालक दलमा १७ जना भारतीयहरू पनि थिए । पछिल्लो समय इजरायल र इरानबिच तनाव बढेको छ ।

अप्रिल १ मा सिरियामा रहेको दूतावासमा इजरायलले हमला गरेपछि सोको प्रतिकारमा इरानले इजरायलमाथि शनिबार बृहत् स्तरमा ड्रोन र मिसाइल प्रहार गरेको थियो । सो घटनापछि भारतले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ । पछिल्लो समय इरानले कब्जामा लिएको इजरायली स्वामित्वको जहाजमा भारत सरकारका प्रतिनिधिहरूलाई भारतीय चालक दलसँग भेट्न अनुमति दिइने बताएको छ।

इरानको घोषणा भारतीय विदेशमन्त्री डा एस जयशंकर र उनका इरानी समकक्ष डा अमिर अब्दुल्लाहियानबीच आइतबार भएको फोन वार्तापछि आएको हो । यसै क्रममा इरानी विदेशमन्त्रीले भारतलाई इजरायलविरुद्धको कारबाहीबारे जानकारी गराएका छन् । इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि फोन वार्ताका क्रममा अमिर अब्दुल्लाहियानले आफ्ना भारतीय समकक्षीलाई इरानको वैध आत्मरक्षा र इजरायली शासनलाई सजायको बारेमा जानकारी गराएका थिए।

भारतीय विदेशमन्त्रीले कब्जामा लिएको जहाजमा रहेका १७ भारतीय चालक दलका सदस्यप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा इरानसँग सहयोग मागेको पनि विज्ञप्तिमा उल्लेख छ । अब्दुल्लाहियानले आफूहरूले कब्जामा लिएको जहाजको बारेमा जानकारी सङ्कलन गरिरहेको र छिट्टै भारत सरकारका प्रतिनिधिहरूलाई जहाजमा रहेका चालक दललाई भेट्ने अवसर प्रदान गर्ने बताएका छन् ।

शनिबार इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोरले कमाण्डोहरूमार्फत स्ट्रेट अफ हर्मुज नजिक इजरायलसँग जोडिएको भन्दै जहाज कब्जा गरेको थियो । इरानले कब्जा गरेको कार्गो जहाज युएईबाट भारत आउँदै थियो । रिभोलुसनरी गार्डले यो जहाज इजरायलसँग जोडिएको आरोपका कारण कब्जामा लिइएको बताएको थियो ।

Advertisement

एमएससी एरिस नामको यो जहाज लन्डनस्थित कम्पनी जोडियाक ग्रुप को हो । जसको स्वामित्व इजरायली अर्बपति इयान बोफरको रहेको बताइएको छ। जहाजलाई इरानले कब्जा गर्दा पोर्चुगलको झण्डा बोकेको थियो। जहाजमा चालक दलका २५ सदस्यमध्ये १७ भारतीय नागरिक रहेका छन् । जहाजको बारेमा जानकारी प्राप्त हुनासाथ भारतले चालक दलमा रहेका भारतीयको रिहाइका लागि पहल सुरु गरेको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top