अष्ट्रेलियाको सिड्नीमा फेरि छुरा प्रहार

४ वैशाख , एजेन्सी ।
अष्ट्रेलियाको सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ । यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको थियो ।

यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेको छ । घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले बताएको छ । चोट प्राणघातक भने नभएको बताइएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् । सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

यस क्रममा यो हमला पनि प्रत्यक्ष प्रसारण भयो । घटनापछि सयौँ मानिसहरू चर्च बाहिर जम्मा भएका थिए । प्रहरीसँग यिनीहरूको झडप भएको थियो । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरीको २० वटा गाडीमा क्षति पुगेको छ ।घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए ।

Advertisement

यो घटनापछि प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका थिए । उनले आक्रमणलाई चिन्ताजनक भनेका छन् । अस्ट्रेलिया शान्तिप्रेमी देश भएको अनि त्यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ नभएको उनको भनाइ थियो। अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो ।

हालै सिड्नीमा भीडभाड भएको एउटा शपिङ मलमा चक्कु प्रहारको घटनामा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top