म्यानमारमा सैन्य सरकारले ३ हजार कैदीलाई माफी दियो

६ वैशाख ,एजेन्सी ।
सैन्य शासन रहेको म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ । ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए । जसमा १३ इण्डोनेसियाली र १५ श्रीलंकाली नागरिक थिए ।

आममाफीले म्यानमारको परम्परागत नयाँ वर्षको दिनलाई मनाउने, जनतामा आनन्द ल्याउने र मानवीय सरोकारलाई सम्बोधन गर्दै सम्बन्धित देशहरूसँग सकारात्मक सम्बन्धको प्रतिक्षा गर्ने उद्देश्य राखिएको राज्य परिषद्ले जनाएको छ । एक छुट्टै माफी आदेशमा, काउन्सिलले म्यान्मारको जेलमा रहेका केही कैदीहरूको सजाय एक छैटौंले घटाएको छ ।

म्यानमारको परम्परागत नयाँ वर्ष मनाउन कैदीहरूलाई वार्षिक रूपमा माफी दिने प्रचलन छ । गत वर्ष पनि म्यानमारको परम्परागत नयाँ वर्षको दिनमा ३ हजार भन्दा बढी कैदीहरूलाई रिहा गरिएको थियो । बुधबार नै जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको छ ।

Advertisement

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उनी स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top