Nepal Times
Nepal Times
3
Shares

म्यानमारमा सैन्य सरकारले ३ हजार कैदीलाई माफी दियो

म्यानमारमा सैन्य सरकारले ३ हजार कैदीलाई माफी दियो

६ वैशाख ,एजेन्सी ।
सैन्य शासन रहेको म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ । ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए । जसमा १३ इण्डोनेसियाली र १५ श्रीलंकाली नागरिक थिए ।

आममाफीले म्यानमारको परम्परागत नयाँ वर्षको दिनलाई मनाउने, जनतामा आनन्द ल्याउने र मानवीय सरोकारलाई सम्बोधन गर्दै सम्बन्धित देशहरूसँग सकारात्मक सम्बन्धको प्रतिक्षा गर्ने उद्देश्य राखिएको राज्य परिषद्ले जनाएको छ । एक छुट्टै माफी आदेशमा, काउन्सिलले म्यान्मारको जेलमा रहेका केही कैदीहरूको सजाय एक छैटौंले घटाएको छ ।

म्यानमारको परम्परागत नयाँ वर्ष मनाउन कैदीहरूलाई वार्षिक रूपमा माफी दिने प्रचलन छ । गत वर्ष पनि म्यानमारको परम्परागत नयाँ वर्षको दिनमा ३ हजार भन्दा बढी कैदीहरूलाई रिहा गरिएको थियो । बुधबार नै जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको छ ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उनी स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.