×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

माधवले खुलेरै गरे विद्रोह! देउवासँग मिलेर सरकार ढाल्ने

६ बैशाख २०८१

६ वैशाख ,काठमाण्डौ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएर पनि १० सिट रहेको नेकपा एकीकृत समाजवादीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ।

Advertisement
Advertisement

बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको घरमा भएको भेटमा वैकल्पिक गठबन्धन बनाउने गृहकार्य अघि बढाएका हुन्। गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ। यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद छ।

नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहे पनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्। पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा सभापतिले नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । उनले प्रदेश सरकारको विषयमा कुराकानी भएको बताएका छन् ।

यद्यपि उनले अहिले आफूहरूले केन्द्रको गठबन्धनबारे नसोचेको बताएका छन् । तर, देउवाले माधव नेपाललाई नै प्रधानमन्त्री बनाएर भएपनि प्रचण्डसँग बदला लिनको लागि एमाले नेतृत्वको गठबन्धन भत्काउन चाहन्छन्। देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ।

यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो। यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ। यसअघि हिजो बसेको नेकपा एसको सचिवालयको बैठकले नयाँ गठबन्धनको सुरूआतमै प्रचण्ड–ओलीले विश्वासमा कुठाराघात गरेको निष्कर्ष निकालेको थियो ।

नेकपा एस आफूले प्रधानमन्त्री पाए नयाँ जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनमा यसअघि सहमतिका धेरै कागजहरू च्यातिएको उदाहरण रहेको तर्क गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

सत्ता गठबन्धनमा असन्तुष्टि माधव नेपाल भेटेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन्। बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमका विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाश शरण महतले बताएका छन् ।

उता नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ । समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ ।

Advertisement

सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसोसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ । त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादीका नेताहरुले बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top