लिभरपुल युरोपा लिगबाट बाहिरियो

६ बैशाख ८१, शुक्रबार

७ वैशाख, एजेन्सी ।

जारी युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राती भएको खेलबाट जर्मन टोली बायर लेभरकुसन र इटालियन क्लब रोमा सेमिफाइनल पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रिमियर लिग क्लब लिभरपुल भने युरोपा लिगबाट बाहिरिएको छ ।

इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १–० ले हराएपनि समग्रमा ३–१ ले पछि रहँदै लिभरपुल लिगबाट बाहिरिएको हो । घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३–० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ।

Advertisement

मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी भएको थियो। अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेलीको सामना गर्नेछ । मार्सेलीले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

दोस्रो लेगमा मार्सेलीले पेमी मुमाबाग्नाको गोलमा १–० को जित निकालेपछि समग्रमा २–२ को बराबरी भएको थियो। थप समयमा नतिजा नआएपछि पेनाल्टी सुटआउटमा मार्सेली भाग्यशाली रह्यो। वेष्टह्याम युनाइटेडसँगको दोस्रो लेगमा १–१ को बराबरी भएपनि समग्रमा ३–१ ले नतिजासहित बायर लिभरकुसेन अघिल्लो चरणमा पुगेको हो ।

Advertisement

एसी मिलानलाई दोस्रो लेगमा २–१ ले हराएको रोमा समग्रमा ३–१ ले नतिजाका साथ अघि बढेको हो । फाइनल प्रवेशका लागि सेमिफाइनलमा बायर लेभरकुसन, रोमा, मार्सेइले र एटलान्टबीच प्रतिस्पर्धा हुने । उपाधि भिड्न्त भने मे २३ मा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top