यूएईसँग ६ विकेटले हार्याे नेपाल, टुट्यो सपना

६ बैशाख ८१, शुक्रबार

७ वैशाख, काठमाण्डौ।

नेपालको आगामी वर्ष हुने एसिया कप क्रिकेट खेल्ने संभावना सकिएको छ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै नेपाल बाहिरिएसँगै नेपालको एसिया कपखेल्ने सपना समेत टुटेको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो।

अधिकांश नेपाली ब्याट्सम्यानले विर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दिप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए।

इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए। कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए। यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २,२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए।

यूएईले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।

गुल्सन झाले २ तथा ललित नारायण राजबंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ। नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यसपटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रतियोगिता विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले अब हङकङ र ओमानबीचको विजेतासँग तेस्रो स्थानका लागि खेल्नेछ । एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश हुनेछन् । इमर्जिङ टिम्स एसिया कपमा यी पाँच टेस्टका ए टोलीसँग खेल्ने अवसर हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top