दिपेश पुनलाई अदालतले छाड्यो, सीआईबीले समात्यो

६ बैशाख ८१, शुक्रबार

७ वैशाख, काठमाण्डौ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने ६ जनालाई धरौटीमा छाडेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै,६ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ । गितेन्द्रबाबु राई (जीबी)सहित अन्य फरार प्रतिवादीको हकमा कानुनबमोजिम पक्राउ पुर्जीको म्याद थप गर्ने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । १ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश आएको हो ।

Advertisement

उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ । आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने सूचना अधिकारी मरासिनीले जानकारी दिए । प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानमा सहकारीका संस्थापक जीवी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईँ पाण्डे, भविश्वर अर्यालसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिल कार्यालयलाई राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

Advertisement

सोही अनुसार सोमबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा २८ जनाबाट ९८ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा निता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राज भण्डारीलाई प्रतिवादी बनाउन सुझाव दिएको थियो।

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्। प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष थियो ।

यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिपेश पुनलाई काठमाडौं ल्याउने तयारी गरेको छ । अदालतको आदेशसँगै सीआईबीले पुनलाई सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याउने तयारी गरेको हो । सीआईबीले तीन दिनअघि नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको थियो ।

सुन तस्करी जाँचबुझ आयोगले पुनमाथि समेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएपछि उनीमाथि सीआईबीले अनुसन्धान गर्न लागेको हो ।गएको साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनको भूमिका समेत शंकास्पद देखिएपछि सीआईबीले कागज गरेर उनलाई छोडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top