आईपीएलमा लखनउद्वारा चेन्नई ८ विकेट पराजित

७ बैशाख ८१, शनिबार

८ वैशाख , एजेन्सी । 

इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । गएरातीको लखनउमा भएको खेलमा १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ ।

डि कक र केएल राहुले पहिलो विकेटका लागि १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रनको योगदान गरे । अर्का ओपनर डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रन जोडे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा नकआउट रहे ।

Advertisement

चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रण पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । फेरि एक पटक महेन्द्रसिंह धोनीले सनसनीपूर्ण ब्याटिङ गरे । ९ बल खेलेका धोनीले २ छक्का र ३ चौकाको मद्दतमा नटआउट २८ रन जोडे ।

त्यस्तै टोलीका लागि रविन्द्र जडेजाले सर्वाधिक ५७ रन बनाए । ४० बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । अजिन्के रहानेले ३७, मोइन अलीले ३० र रितुराज गायकवाडले १७ रन बनाए । अन्य ब्याटर भने चलेनन्। लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले समान १ विकेट लिए ।

चौथो जितसँगै लखनउको ८ अंक पुगेको छ । लखनउ तालिकाको पाचौँ स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स दोस्रो, सनराइजर्स हैदरावाद चौथो र लखनउ पाँचौं स्थानमा छ । १२ अंकसहित राजस्थान रोयल्स शीर्षस्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दिल्लीमको अरुण जेट्ली स्टेडियममा शुरु हुनेछ । दिल्ली क्यापिटल्स अंक तालिकाको छैठौँ स्थानमा छ । दिल्ली क्यापिटल्सले सातमध्ये तीन खेल जितेको छ। उसले आफ्नो पछिल्लो खेलमा गुजरात टाइटन्सलाई ६ विकेटले जितेको थियो ।

अर्कोतर्फ, सनराइजर्स हैदरावाद आफ्नो उत्कृष्ट फर्ममा छ किनकि उसले हालै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) विरुद्धको खेलमा एक इनिङ्स (२८७) मा सबैभन्दा धेरै रनको कीर्तिमान तोडेको छ। ६ खेलबाट चार जितसहित अंक तालिकाको चौथो स्थानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top