हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउन सक्ने

७ बैशाख ८१, शनिबार

८ वैशाख , एजेन्सी । 

म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज बेलुकी १० बजे म्यानचेस्टर सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले २३ वर्षीय हालान्डलाई बाहिर निकाल्न आग्रह गरेका थिए । स्पेनिस प्रशिक्षक पेपले वेम्बलीमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीको सामना गर्न हालान्डको उपलब्धता बारे हेरिरहेको बताएका छन् । एर्लिङले केहि असहज महसुस गरेपछि उनलाई मांसपेशीको समस्या देखिदा उनी आँफैले खेल्न नसक्ने बताएपछि डाक्टरको सल्लाहमा उनलाई बाहिर राखिएको पेपले बताए ।

Advertisement

यस सिजनमा जति खेल खेलिरहेको छ यो सामान्य भएको र उनीहरू पनि मानव हुन मेसिन होइनन् भन्दै आफूहरु यसमा अभ्यस्त रहेको उनले बताए । आफूहरुसँग अर्को विकल्प नभएको पनि उनले बताए । प्रिमियर लिगमा ६ खेलहरू बाँकी छ । आफूहरुले उत्कृष्ट प्रदर्शन गरेको तर, जित्न नसकेको पनि प्रतिक्रिया दिए ।

यता, चेल्सीका प्रशिक्षक मौरिसियो पोचेटिनो सिटीविरुद्ध जित निकाल्नेमा आशावादी देखिएका छन् । यो सिजन लिगमा चेल्सीले सिटीसँग ४–४ र १–१ गोलको को बराबरी खेलेको छ। सिजनको सुरुमा कारबाओ कपको फाइनलमा लिभरपुलसँग पराजित भएको चेल्सीमा मिडफिल्डर एन्जो फर्नान्डेज र विंगर रहिम स्टर्लिङ चोटबाट पूनरागमन गर्ने तयारीमा छन् । पोचेटिनोले यो सिटीका लागि कठिन हुने जस्तै आफूहरुको लागि पनि हुने तर उनीहरुसँग अविश्वसनीय टोली रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top