NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store मङ्लबार माघ ६ , २०८२
А как готовить к печати линия во «1xBet»: изменить выход или абрам मङ्लबार माघ ६ , २०८२
1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

शनिबार बैशाख ८ , २०८१
Reading Time: 1 min read
A A
कतारले तोक्यो श्रमिकको न्युनतम पारिश्रमिक ३२ हजार, रोजगारदाता परिवर्तन गर्न पनि छूट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ वैशाख, विराटनगर ।

आगामी साता कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदैछन् । मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण हुने भएकोले पनि उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिँदैछ । अमिरको भ्रमणमा विपिन जोशीको रिहाइको पहलदेखि श्रमिकको ज्याला बढाउनेसम्मका विषय उठाइने तयारी भइरहेको छ ।

उस्तै अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् । उनी यही वैशाख १२ गते काठमाडौं आइपुग्ने र १३ गते फर्कने कार्यक्रम छ ।

LS Auto

नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

नेपालको भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणलाई उच्च प्राथमिकतामा राखिएको र त्यस क्रममा श्रमिकको हकहितका सवाललाई मुख्य प्राथमिकतामा राखिने अधिकारीहरूले बताएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले कतारका अमिरको नेपाल आगमन मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमणलाई सफल पार्न छलफलहरू चलिरहेको बताए ।

एप्रिल २४ गतेदेखि हुने भनिएको दुई दिने भ्रमणका क्रममा नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतालाई अद्यावधिक गर्दै नवीकरण गर्न सक्ने बताइएको छ। कतारका लागि नेपालका एक पूर्वराजदूतले नेपालमा श्रमिकहरूको सीप वृद्धिसम्बन्धी पूर्वाधार र अन्य लगानीका क्षेत्रहरूमा सो पश्चिम एशियाली मुलुकबाट सहयोग भित्र्याउने प्रचुर सम्भावना रहेको बताएका छन् ।

पछिल्ला केही वर्षमा नेपालीहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारमा हाल काम गर्ने नेपालीको सङ्ख्या झन्डै पाँच लाख रहेको अधिकारीहरू बताउँछन् । अमिरको पछिल्लो भ्रमणले दुई देशबीचको श्रम सम्बन्धलाई अझ घनिष्ठ बनाउने मौका दिनसक्ने भन्दै कामदारको हकहितका मुद्दा यो भ्रमणका क्रममा उठाइनुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन ।

यसै साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालस्थित कतारी राजदूतावासका अधिकारीहरूबीच भएको छलफलमा द्विपक्षीय श्रम सम्झौतालाई पुनरवलोकन गर्ने र अमिरको भ्रमणका क्रममा थप श्रम समझदारीहरू गर्नेबारे छलफल भएको अधिकारीहरूले जनाएका छन्। उनको भ्रमणमा कतार प्रहरीमा नेपालीलाई अवसरका बारेमा पनि सम्झौता गर्ने तयारी छ ।

उक्त छलफलमा श्रममन्त्री डोलप्रसाद अर्याल र नेपालस्थित कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल–अन्सारीसमेत सहभागी थिए।मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए । यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएइको थिएन ।

श्रम सम्झौता नवीकरण गर्दा कुनकुन बुँदा थपिने छन् भन्ने अधिकारीहरूले नखुलाए पनि न्यूनतम ज्यालामा वृद्धि, सुरक्षाको ग्यारेण्टीसहित घरेलु कामदारलाई कतारमा पठाउन सकिने प्रावधान र कामदारहरूको सुरक्षा अनि बिमाका सवालहरू त्यसमा राखिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । कतारका लागि नेपालका पूर्वराजदूत नारद भारद्वाजले विशेष सुरक्षा प्याकेजसहित घरेलु कामदारहरूबारे सम्झौता गर्न सकियो भने त्यसबाट फाइदा पाउन सक्ने बताएका छन् ।

अहिले गैरकानुनी बाटोबाट गइरहेकाले नियन्त्रण गर्न सक्ने परिस्थिति नभएकाले व्यवस्थित गर्दा राम्रो हुने उनको भनाइ छ । सन् २०२२ अघिको एउटा तथ्याङ्कमा विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको उल्लेख गरिएको थियो।सन् २०२१ मा आफ्नो कानुनमा परिमार्जन गर्दै कतारले घरेलु कामदारसहित सबै क्षेत्रका श्रमिकलाई न्यूनतम १,००० कतारी रियाल (हालको दरमा साढे ३६ हजार रुपैयाँ) दिनुपर्ने व्यवस्था गरेको थियो।

त्यसबाहेक रोजगारदाताले खाना र आवास उपलब्ध नगराएको खण्डमा थप ८०० रियाल (हालको दरमा २९ हजार रुपैयाँभन्दा बढी) कामदारलाई दिइनुपर्ने नियम ल्याएको थियो। सन् २०२२ को विश्वकप फुटबलका लागि रङ्गशाला र अन्य पूर्वाधारहरू निर्माण गर्दा कतारमा नेपालीसहित कैयौँ विदेशी कामदारको ज्यान गएका विवरण सार्वजनिक भएका थिए।

तीमध्ये कैयौँ त्यस्ता मृत्युका कारणहरू नखुलेका भन्दै ह्युमन राइट्स वाच जस्ता अधिकारवादी संस्थाहरूले अझै पनि कतार सरकारको आलोचना गर्ने गरेको पाइन्छ। कतार सरकारले अहिले कामदारहरूले न्यूनतम ज्यालाको सुविधा पाएको, रोजगारदाता फेर्ने स्वतन्त्रता पाएको, न्यायको खोजीमा उजुरी गर्ने संयन्त्रहरूमा पहुँच पाएको र स्वास्थ्य एवं सुरक्षा मापदण्डमा सुधार गरिएको बताउने गरेको छ।

सन् २०२३ मा अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानवअधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा कामदारहरूमाथि शोषण गरिएका कैयौँ दृष्टान्त प्रस्तुत गरेको छ। सन् २०२३ को ह्युमन राइटस वाचको प्रतिवेदनले विश्वकप सम्भव तुल्याएका कैयौँ कामदारले श्रम सुधारका बावजुद गम्भीर प्रकृतिका समस्याहरूको समाना गर्नुपरेको जनाएको छ। त्यसमा ज्यान गुम्नुको कारण नखुलाइने, चोटपटक, तलब नदिइएका घटना, अचाक्ली शुल्क बुझाएर रोजगारीमा आउनुपर्ने जस्ता बुँदा उल्लेख गरिएको छ।

सो संस्थाले तलब ढिलो पाएकोमा प्रदर्शन गरेका कामदारहरूलाई कतारले पक्राउ गरेर देश निकाला गरिदिएको पनि जनाएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने श्रम गन्तव्य र लगानी भित्र्याउन सकिने सम्भावना भएको मुलुकका हिसाबले कतार एकदमै महत्त्वपूर्ण साझेदार भएको भन्दै कामदारहरूले बढी तलब पाउन भन्ने अपेक्षा नेपालको रहेको बताएका छन् ।

उनले कामदारको सुरक्षा विगतको तुलनामा सम्बोधन भइसकेको टिप्पणी गरेका छन् । मध्यपूर्वको कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको कतारका अमिरको भ्रमणका क्रममा नेपालले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गर्न पनि अनुरोध गर्ने बताएको छ। हमासले इजरेलमा हमला गरेपछि बन्धक बनाएका जोशीको रिहाइमा सघाउन यसअघि पनि सरकारले कतारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ ।यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । सन् १९८० मा जन्मिएका तमिम सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।

जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा तमिम उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकप जस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पु¥याएका थिए । उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए ।

यिनै कतारका अमिर तमिम आगामी वैशाख महिनामा नेपाल आउन लागेका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । यसले अन्य खाडी राष्ट्रबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खोल्ने आशा गरिएको छ ।

यो ऐतिहासिक भ्रमणबाट नेपालले कसरी लाभ लिने ? तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#कतारी शेखको नेपाल भ्रमण

लोकप्रीय

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२

विचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

А как готовить к печати линия во «1xBet»: изменить выход или абрам

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.