पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

८ वैशाख, विराटनगर ।

आगामी साता कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदैछन् । मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण हुने भएकोले पनि उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिँदैछ । अमिरको भ्रमणमा विपिन जोशीको रिहाइको पहलदेखि श्रमिकको ज्याला बढाउनेसम्मका विषय उठाइने तयारी भइरहेको छ ।

उस्तै अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् । उनी यही वैशाख १२ गते काठमाडौं आइपुग्ने र १३ गते फर्कने कार्यक्रम छ ।

Advertisement

नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

नेपालको भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणलाई उच्च प्राथमिकतामा राखिएको र त्यस क्रममा श्रमिकको हकहितका सवाललाई मुख्य प्राथमिकतामा राखिने अधिकारीहरूले बताएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले कतारका अमिरको नेपाल आगमन मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमणलाई सफल पार्न छलफलहरू चलिरहेको बताए ।

Advertisement

एप्रिल २४ गतेदेखि हुने भनिएको दुई दिने भ्रमणका क्रममा नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतालाई अद्यावधिक गर्दै नवीकरण गर्न सक्ने बताइएको छ। कतारका लागि नेपालका एक पूर्वराजदूतले नेपालमा श्रमिकहरूको सीप वृद्धिसम्बन्धी पूर्वाधार र अन्य लगानीका क्षेत्रहरूमा सो पश्चिम एशियाली मुलुकबाट सहयोग भित्र्याउने प्रचुर सम्भावना रहेको बताएका छन् ।

पछिल्ला केही वर्षमा नेपालीहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारमा हाल काम गर्ने नेपालीको सङ्ख्या झन्डै पाँच लाख रहेको अधिकारीहरू बताउँछन् । अमिरको पछिल्लो भ्रमणले दुई देशबीचको श्रम सम्बन्धलाई अझ घनिष्ठ बनाउने मौका दिनसक्ने भन्दै कामदारको हकहितका मुद्दा यो भ्रमणका क्रममा उठाइनुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन ।

यसै साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालस्थित कतारी राजदूतावासका अधिकारीहरूबीच भएको छलफलमा द्विपक्षीय श्रम सम्झौतालाई पुनरवलोकन गर्ने र अमिरको भ्रमणका क्रममा थप श्रम समझदारीहरू गर्नेबारे छलफल भएको अधिकारीहरूले जनाएका छन्। उनको भ्रमणमा कतार प्रहरीमा नेपालीलाई अवसरका बारेमा पनि सम्झौता गर्ने तयारी छ ।

उक्त छलफलमा श्रममन्त्री डोलप्रसाद अर्याल र नेपालस्थित कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल–अन्सारीसमेत सहभागी थिए।मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए । यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएइको थिएन ।

श्रम सम्झौता नवीकरण गर्दा कुनकुन बुँदा थपिने छन् भन्ने अधिकारीहरूले नखुलाए पनि न्यूनतम ज्यालामा वृद्धि, सुरक्षाको ग्यारेण्टीसहित घरेलु कामदारलाई कतारमा पठाउन सकिने प्रावधान र कामदारहरूको सुरक्षा अनि बिमाका सवालहरू त्यसमा राखिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । कतारका लागि नेपालका पूर्वराजदूत नारद भारद्वाजले विशेष सुरक्षा प्याकेजसहित घरेलु कामदारहरूबारे सम्झौता गर्न सकियो भने त्यसबाट फाइदा पाउन सक्ने बताएका छन् ।

अहिले गैरकानुनी बाटोबाट गइरहेकाले नियन्त्रण गर्न सक्ने परिस्थिति नभएकाले व्यवस्थित गर्दा राम्रो हुने उनको भनाइ छ । सन् २०२२ अघिको एउटा तथ्याङ्कमा विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको उल्लेख गरिएको थियो।सन् २०२१ मा आफ्नो कानुनमा परिमार्जन गर्दै कतारले घरेलु कामदारसहित सबै क्षेत्रका श्रमिकलाई न्यूनतम १,००० कतारी रियाल (हालको दरमा साढे ३६ हजार रुपैयाँ) दिनुपर्ने व्यवस्था गरेको थियो।

त्यसबाहेक रोजगारदाताले खाना र आवास उपलब्ध नगराएको खण्डमा थप ८०० रियाल (हालको दरमा २९ हजार रुपैयाँभन्दा बढी) कामदारलाई दिइनुपर्ने नियम ल्याएको थियो। सन् २०२२ को विश्वकप फुटबलका लागि रङ्गशाला र अन्य पूर्वाधारहरू निर्माण गर्दा कतारमा नेपालीसहित कैयौँ विदेशी कामदारको ज्यान गएका विवरण सार्वजनिक भएका थिए।

तीमध्ये कैयौँ त्यस्ता मृत्युका कारणहरू नखुलेका भन्दै ह्युमन राइट्स वाच जस्ता अधिकारवादी संस्थाहरूले अझै पनि कतार सरकारको आलोचना गर्ने गरेको पाइन्छ। कतार सरकारले अहिले कामदारहरूले न्यूनतम ज्यालाको सुविधा पाएको, रोजगारदाता फेर्ने स्वतन्त्रता पाएको, न्यायको खोजीमा उजुरी गर्ने संयन्त्रहरूमा पहुँच पाएको र स्वास्थ्य एवं सुरक्षा मापदण्डमा सुधार गरिएको बताउने गरेको छ।

सन् २०२३ मा अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानवअधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा कामदारहरूमाथि शोषण गरिएका कैयौँ दृष्टान्त प्रस्तुत गरेको छ। सन् २०२३ को ह्युमन राइटस वाचको प्रतिवेदनले विश्वकप सम्भव तुल्याएका कैयौँ कामदारले श्रम सुधारका बावजुद गम्भीर प्रकृतिका समस्याहरूको समाना गर्नुपरेको जनाएको छ। त्यसमा ज्यान गुम्नुको कारण नखुलाइने, चोटपटक, तलब नदिइएका घटना, अचाक्ली शुल्क बुझाएर रोजगारीमा आउनुपर्ने जस्ता बुँदा उल्लेख गरिएको छ।

सो संस्थाले तलब ढिलो पाएकोमा प्रदर्शन गरेका कामदारहरूलाई कतारले पक्राउ गरेर देश निकाला गरिदिएको पनि जनाएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने श्रम गन्तव्य र लगानी भित्र्याउन सकिने सम्भावना भएको मुलुकका हिसाबले कतार एकदमै महत्त्वपूर्ण साझेदार भएको भन्दै कामदारहरूले बढी तलब पाउन भन्ने अपेक्षा नेपालको रहेको बताएका छन् ।

उनले कामदारको सुरक्षा विगतको तुलनामा सम्बोधन भइसकेको टिप्पणी गरेका छन् । मध्यपूर्वको कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको कतारका अमिरको भ्रमणका क्रममा नेपालले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गर्न पनि अनुरोध गर्ने बताएको छ। हमासले इजरेलमा हमला गरेपछि बन्धक बनाएका जोशीको रिहाइमा सघाउन यसअघि पनि सरकारले कतारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ ।यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । सन् १९८० मा जन्मिएका तमिम सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।

जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा तमिम उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकप जस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पु¥याएका थिए । उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए ।

यिनै कतारका अमिर तमिम आगामी वैशाख महिनामा नेपाल आउन लागेका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । यसले अन्य खाडी राष्ट्रबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खोल्ने आशा गरिएको छ ।

यो ऐतिहासिक भ्रमणबाट नेपालले कसरी लाभ लिने ? तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top