×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

९ बैशाख २०८१

९ वैशाख , एजेन्सी ।

एसिया कप सँगै नेपालको इमर्जिङ एसिया कप खेल्ने सपना पनि विफल भएको छ । ओमानमा हिजो भएको एसीसी प्रिमियर कपको तेस्रो स्थानको खेलमा यसअघि पराजित गरेको हङकङसामू लज्जास्पद खेल प्रर्दशन गरेपछि नेपाल एसियाकपपछि इमर्जिङ एसिया कप पुग्नबाट समेत बन्चित भएको हो । नेपाल हङकङसँग ४ विकेटले पराजित भयो ।

Advertisement
Advertisement

विजयी भएको हङकङ भने इमर्जिङ एसिया कपमा पुगेको छ । यसअघि लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा युएई बाधक बनेको थियो । उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ । आजको विजेता एसिया कपसँगै इमर्जिङ एसिया कपमा पुग्नेछ भने पराजित टोलीलेसमेत इमर्जिङ एसिया कप खेल्ने अवसर पाउनेछ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । हङकङलाई अन्तिम दुई ओभरमा जितका लागि १६ रन आवश्यक थियो । अविनाश बोहोराको १९औ ओभरमा एक चौकासहित ८ रन आएपछि हङकङलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

ललित राजवंशीको अन्तिम ओभरको पहिलो बलमा नसरुल्लाहले पहिलो बलमा चौका प्रहार गरे भने दोस्रो बलमा २ रन प्रहार गरे । त्यसपछिको बलमा पनि २ रन प्रहार गर्दै हङकङले जित हासिल गर्यो । हङकङको जितमा अंशुमन रथले ६५ रनको नटआउट इनिङ खेले । यस्तै बबर हायतले २६ रन जोडे । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट लिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । त्यसअघि पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् ।

नेपालका ओपनर कुशल भुर्तेल सेमिफाइनलको खेल जस्तै डक आउट भए । सोमपाल कामी १२ रन बनाएर क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि ५ रनमा शिकार बने । आठौँ ओभरमा कप्तान रोहित पौडेलले २१ रन जोडे । कुशल मल्ल पनि १३ रन मात्र बनाउन सके । सन्दिप जोरा र गुलशन झाले क्रमशः २२ र ६ रन बनाएर रनआउट भए ।

करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी नटआउट रहेका थिए । ललितले ३ बलमा २ रन बनाए । हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

Advertisement

हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् । प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ। नेपालले अब घरेलु मैदानमा वेस्टइन्डिज एसँग मैत्रीपूर्ण सिरिज खेल्नेछ । त्यसपछि विश्वकपका लागि प्रस्थान गर्नेछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top