Nepal Times
Nepal Times
3
Shares

आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास

आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास

९ वैशाख ,  एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् । कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुको खेल कोलकत्ताको इडेन गार्डेनमा हुनेछ भने पञ्जाब किंग्स र गुजरात टाईटन्सबीचको खेल पञ्चावको घरेलु मैदान महाराजा यादविन्द्र सिंह क्रिकेट स्टेडियममा हुनेछ ।

कोलकाता यसअघि खेलिएको ६ मध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । कोलकाता आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । जारी सिजनमा बैंगलुरुले अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ । बैंगलुरु यसअघि खेलिएको सातमध्ये केवल एक खेलमा विजयी र ६ खेलमा पराजित भएको छ ।

बैंगलुरु केवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा आसिन छ ।आईपीएलमा हिजोको खेलमा विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको फराकिलो जित दर्ता गरेको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । आईपीएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो । ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो ।

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए । हेडले पावरप्लेमा ८४ रन जोडे पुरुष–२० खेलमा कुनै पनि खेलाडीले पावरप्लेमा बनाएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सुरेश रैनाले सन् २०१४ मा किंग्स इलेभेन पञ्जाबविरुद्ध ८७ रन बनाएका थिए ।

यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४ विकेट लिएका थिए । जवाफमा दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १ सय ९९ रन जोड्यो । दिल्लीका लागि जेल फ्रेजर–मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेपनि टोलीलाई पार लगाउन सकेनन् ।

कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ रन बनाए । अभिषेक पोरेलले २२ बलमा ४२ रन जोडे । पृथ्वी शाले १६ र ट्रिस्टन स्टब्सले १० रन बनाए । हैदरावादको जितमा नटराजनले १९ रन खर्चेर ४ विकेट लिए । यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए । जित पछि हैदरावाद ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै दोस्रो स्थानमा छ । दिल्ली ८ खेलमा ३ जित सहित ६ अंक बटुल्दै सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.