NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

एसईईको उत्तरपुस्तिका जाच्न शिक्षकलाई भत्ता थोरै भो

सोमवार बैशाख १० , २०८१
Reading Time: 1 min read
A A
एसईईको उत्तरपुस्तिका जाच्न शिक्षकलाई भत्ता थोरै भो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० वैशाख, काठमाण्डौ।

शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ । यस्तै माध्यमिक शिक्षा परीक्षा ९एसईई० को उत्तरपुस्तिका परीक्षणबापतको पारिश्रमिक रकम बढाउन माग गर्दै ललितपुरका शिक्षकहरूले आइतबार परीक्षा केन्द्रमा ताला लगाइदिएका छन्।

२०७१ सालदेखि पारिश्रमिक रकम नबढेपछि उत्तरपुस्तिका परीक्षण केन्द्रमा ताला लगाइएको नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरेले बताएका छन् । उनले भनेका छन्, ११ वर्षसम्म पारिश्रमिक बढाउन तयार नभएपछि विरोध गरेका हौँ। यसको सुरुवात ललितपुरबाट गरिएको छ’ ।

उत्तरपुस्तिका परीक्षण गर्ने सबै तयारी भएपछि शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाइदिएका थिए। तालाबन्दीका कारण उत्तरपुस्तिका परीक्षण अवरुद्ध भएको छ। घिमिरेका अनुसार उत्तरपुस्तिका परीक्षक र सम्परीक्षकको मात्रै होइन परीक्षा निरीक्षक, केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।

यसैबीच शिक्षकहरूले जिल्ला शिक्षा समन्वय समितिमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पनि पारिश्रमिक बढाउन ध्यानाकर्षण गराएका छन्। ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकामा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यवहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँछौँ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ।

उनीहरूले ध्यानाकर्षणपत्र जिल्ला शिक्षा समन्वय प्रमुखमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई बुझाएका हुन्। उता परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणको पारिश्रमिकबापतको पारिश्रमिक बढाउन राष्ट्रिय परीक्षा बोर्डमा लिखित रूपमा पठाइसकिएको जानकारी दिएका छन् । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरीक्षक बस्ने शिक्षकहरूले पनि न्यून भत्ता दिइएकोमा गुनासो गरेका थिए ।

सरकारले केन्द्राध्यक्षलाई ८ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर ६८० रुपैयाँ, सहायक केन्द्राध्यक्षलाई ५ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर काटेर ४७५ रुपैयाँ, निरीक्षकलाई ३५० रुपैयाँमा १५ प्रतिशत कर काटेर २९७ रुपैयाँ ५ पैसा, परीक्षा सहायकलाई ३०० सय रुपैयाँमा १५ प्रतिशत कर काटेर २५५ रुपैयाँ, कार्यालय सहायकलाई १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा र सुरक्षाकर्मीलाई पनि १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा दिएको छ।

उनीहरू सबैलाई खाजाखर्च स्वरूप १५० रुपैयाँ छुट्याइएको छ। खाजा खर्चमा भने कर काटिदैन। २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० चैत १५ देखि चैत २७ गते चलेको थियो । परीक्षामा सामुदायिक तथा संस्थागत गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी थिए ।

Tags: # एसईईको उत्तरपुस्तिका#शिक्षकलाई भत्ता थोरै भो

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.