एमालेको महोत्सवमा देउवाले खोजे मदन भण्डारीका हत्यारा

९ बैशाख ८१, सोमबार

१० वैशाख,काठमाण्डौ।

नेकपा स्थापनाको अवसरमा हिरक महोत्सवमा नेकपा एमालेले आज विशेष समारोह आयोजना गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो । हिरक महोत्सव समारोहमा विशेष वक्ताको रुपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहे ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी भए । नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन् ।

आज मात्रै माधवले आफूहरु कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि राजनीतिमा नलागेकोभन्दै कसैको दास बन्ने आफूहरुको नियत नरहेको बताएका थिए । उनले अहिलेको अवस्थाले सत्तारुढ गठबन्धन कहिलेसम्म टिक्छ भनेर आफूले भन्न नसक्ने समेत बताएका छन् ।

समारोहमा प्रमुख वक्ता बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् । महोत्सवलाई सम्बोधन गर्दै उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए । उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’

उनले भण्डारीको हत्यारो को हो अझै पत्ता लगाउन नसकेकोप्रति असन्तुष्टि जनाए । सभापति देउवाले थपे, ‘हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुप¥यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’

दासढुङ्गा हत्याकाण्ड भएको ३० वर्ष पुरा भइसकेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जिप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । तत्कालिन नेकपा एमालेको नेतृत्वले समेत यो दासढुङ्गा दुर्घटना हत्या काण्ड भएको भन्दै हत्यारा पत्ता लगाउन माग गर्दै देशैभर आन्दोलन चर्काएको थियो ।

घटना घटेको त्यो कालो दिनलाई अहिले मदन–आश्रित स्मृति दिवस भनेर बर्षमा एक पटक सम्झिने गरिएको छ । दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीको गाडी चालक अमर लामा । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर हत्या गरियो । अमर लामाको हत्या कसले ग¥यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top