×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

एसईईको उत्तरपुस्तिका जाच्न शिक्षकलाई भत्ता थोरै भो

१० बैशाख २०८१

१० वैशाख, काठमाण्डौ।

शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

Advertisement
Advertisement

हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ । यस्तै माध्यमिक शिक्षा परीक्षा ९एसईई० को उत्तरपुस्तिका परीक्षणबापतको पारिश्रमिक रकम बढाउन माग गर्दै ललितपुरका शिक्षकहरूले आइतबार परीक्षा केन्द्रमा ताला लगाइदिएका छन्।

२०७१ सालदेखि पारिश्रमिक रकम नबढेपछि उत्तरपुस्तिका परीक्षण केन्द्रमा ताला लगाइएको नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरेले बताएका छन् । उनले भनेका छन्, ११ वर्षसम्म पारिश्रमिक बढाउन तयार नभएपछि विरोध गरेका हौँ। यसको सुरुवात ललितपुरबाट गरिएको छ’ ।

उत्तरपुस्तिका परीक्षण गर्ने सबै तयारी भएपछि शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाइदिएका थिए। तालाबन्दीका कारण उत्तरपुस्तिका परीक्षण अवरुद्ध भएको छ। घिमिरेका अनुसार उत्तरपुस्तिका परीक्षक र सम्परीक्षकको मात्रै होइन परीक्षा निरीक्षक, केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्।

यसैबीच शिक्षकहरूले जिल्ला शिक्षा समन्वय समितिमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पनि पारिश्रमिक बढाउन ध्यानाकर्षण गराएका छन्। ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकामा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यवहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँछौँ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ।

उनीहरूले ध्यानाकर्षणपत्र जिल्ला शिक्षा समन्वय प्रमुखमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई बुझाएका हुन्। उता परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणको पारिश्रमिकबापतको पारिश्रमिक बढाउन राष्ट्रिय परीक्षा बोर्डमा लिखित रूपमा पठाइसकिएको जानकारी दिएका छन् । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरीक्षक बस्ने शिक्षकहरूले पनि न्यून भत्ता दिइएकोमा गुनासो गरेका थिए ।

सरकारले केन्द्राध्यक्षलाई ८ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर ६८० रुपैयाँ, सहायक केन्द्राध्यक्षलाई ५ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर काटेर ४७५ रुपैयाँ, निरीक्षकलाई ३५० रुपैयाँमा १५ प्रतिशत कर काटेर २९७ रुपैयाँ ५ पैसा, परीक्षा सहायकलाई ३०० सय रुपैयाँमा १५ प्रतिशत कर काटेर २५५ रुपैयाँ, कार्यालय सहायकलाई १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा र सुरक्षाकर्मीलाई पनि १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा दिएको छ।

Advertisement

उनीहरू सबैलाई खाजाखर्च स्वरूप १५० रुपैयाँ छुट्याइएको छ। खाजा खर्चमा भने कर काटिदैन। २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० चैत १५ देखि चैत २७ गते चलेको थियो । परीक्षामा सामुदायिक तथा संस्थागत गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top