×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

‘कुलिङ पिरियड’बारे अध्ययन गर्न विशेष संसदीय समिति गठन

२२ असार २०८२
२२ असार , काठमाडौं ।
निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्ययन हुने भएको छ । यसका लागि ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ ।
शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार समितिमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादीबाट १, रास्वपाबाट १ र राप्रपाबाट १ सदस्य रहनेछन् । समितिको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ ।
संसद्को आउँदो बैठकमा समिति गठन हुनेछ । समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइने पनि बर्तौलाले जानकारी दिए ।
निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा अर्कै विषय रहेको पाइएपछि विवाद भएको थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिले यसलाई सच्याउनुपर्ने र यसमा भएको छेडखानीको छानबिन गर्नुपर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभाले पारित गरिसकेपछि मात्रै समितिले निर्णय गरेको भन्दा फरक कुरा प्रतिवेदनमा राखिएको र त्यो पारित भएको खुलेको थियो ।
त्यसले संसद्भित्र र बाहिर संसदको काम कारबाहीप्रति आलोचना बढाएको छ । विधायन कार्यमा संलग्न सांसद र कर्मचारीमाथि गम्भीर प्रश्न उठ्न थालेपछि त्यसको छानबिनका लागि दबाब बढेको हो ।
प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा रहेको विशेष समितिसम्बन्धी प्रावधानअनुसार समिति बनाइने छ । विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने त्यस नियमको व्यवस्था छ ।
सभामुख र दलका प्रमुख÷मुख्य सचेतकहरूबीच त्यही नियमलाई टेकेर विशेष समिति बनाउने सहमति जुटेको एमालेका प्रमुख सचेतक बर्तौलाले बताए ।
सोमबार बस्ने प्रतिनिभिसभाको बैठकबाट समितिको घोषणा गरिनेछ । त्यही दिन बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामार्श समितिको बैठकमा समितिमा रहने सांसदहरूको नाम, संयोजक तथा समितिको काम कर्तव्य टुंगो लगाइने माओवादीका मुख्य सचेतक पाण्डेले जानकारी दिए ।
लामो अवधि भइसक्दा पनि संसदबाट पारित हुन नसकेको विधेयकमा संघीय निजामती सेवासम्बन्धी विधेयक पर्छ । सरकारले २०८० फागुन २ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।
दुई वर्षभन्दा बढी अवधि गुजारेर राज्य व्यवस्था तथा परामर्श समितिले उक्त विधेयकमाथि सहमति जुटाएको हो । समितिले सर्वसम्मतिले पारित गरेको विधेयकका प्रतिवेदन असार १ गते प्रतिनिधिसभामा पेस गरिएको थियो ।
सभाले असार–१५ मा पारित गरेको छ । पारित भइसकेपछि उक्त विधेयक विवादमा तानिएको हो । सरकारले ल्याएको विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियिड’बारे कुनै प्रावधान थिएन ।
समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था राख्ने सर्वममतिले निर्णय गरेको थियो ।
तर, प्रतिनिधिसभाबाट पारित विधेयकमा त्यसलाई खण्डित गर्ने गरी अर्को दफा थप भएको छ । थप भएको दफामा दुई वर्षको ‘कुलिङ अफ पिरियड’को प्रावधान संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा मात्रै लागू हुने भनिएको छ ।
त्यसले समितिले गरेको सहमतिलाई निष्प्रभावी बनाएको छ । समितिले कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्ने तयारी गरेपछि मुख्य सचिव, संसदका महासचिव देखि दर्जन बढी सचिवले त्यसलाई राख्न नदिनलाई दवाब बढाएका थिए ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top