NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक आइतवार असार २९ , २०८२
पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’ आइतवार असार २९ , २०८२
काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना आइतवार असार २९ , २०८२
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२२ असार , काठमाडौं ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरेको घटनालाई सबैलाई स्तब्ध बनाएको छ ।
आरोपी ज्वाइँले नै आरोप स्वीकार गरेपनि प्रहरी यसको सुक्ष्म अनुसन्धानमा जुटेको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।
ससुरालीका चारै जनालाई छुरा रोपेर विभत्स तवरले हत्या गरिएको  आरोपी  ज्वाइँले नै  प्रहरीलाई  फोन गरेर जानकारी दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठले  नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।
आरोपीले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषाचाहिँ हत्या आरोपीकी  श्रीमती रहेको श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुशार शनिवार राति परिवारको हत्या गरेपछि राजेन्द्रले प्रहरी कन्ट्रोलमा फोन गरेर भने ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ ११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
संवेदनशील सूचना पाएपछि घटनास्थलमा प्रहरी पठाइएको इन्स्पेक्टर श्रेष्ठले बताए । फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए ।
घटनास्थलमा विभत्सरुपमा चारै जनाको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको देखिएको उनले बताएका छन्  । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ।
हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि  घोपा क्याम्प ल्याइएको छ । उनको पेटमा चोट लागेको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा उनले गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको बताएका छन् ।
उनले  प्रहरीसँगको बयानमा भनेका छन्, ‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’
उनले आफू  पछिल्लो समय ससुरालीमा बस्दै आएको भन्दै सासुले पटक पटक तँ मेरो ज्वाइँ होइनस् तराई मार्छु भन्ने गरेको बयान प्रहरी समक्ष दिएका छन् । उनले प्रहरीसँग आफूले ससुरालीमा मल बोकिदिएको  कुरा समेत  सुनाएका छन् ।
फोन ः दीपक श्रेष्ठ
प्रहरी निरिक्षक ,जिल्ला प्रहरी कार्यालय, भोजपुर
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो । पहिलो श्रीमतीले छाडेपछि मनिषासंग उनले प्रेम भएर केही महिनाअघि भगाएर ल्याएका थिए । तर आफैले प्रेम गरेर ल्याएकी श्रीमतीसहित  ससुराली पक्षको नै राजेन्द्रले नरसंहार गरिदिएका छन् ।
गत वर्ष उनले १६ वर्षीय किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गरेका थिए । तर किशोरीका परिवारले उनलाई विवाह गरेर दिन नमानेपछि राजेन्द्रले उनलाई भगाएर लगेका थिए ।
तर पतिका परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएको स्थानीयहरू बताउँछन् ।  पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् ।
स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन् ।
उनैलाई लिनका लागि उनी भोजपुरको हेलौंछाबाट  ६ दिनअघि ससुराली गएका थिए ।  किशोरी  श्रीमती आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक आंकलन छ ।
यस्तै प्रकृतिको  नरसंहारको घटना ६ वर्षअघि पाँचथरमा पनि  घटेको थियो । २०७६ जेठ ७ गते   पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा स्थानीय बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माका  परिवारका ९ जना सदस्यहरू रगतको आहालमा मृत फेला परे।
हत्याराले मध्यरातमा सुतिरहेको अवस्थामा दुवै घरमा पसेर आफ्नै ज्वाइँले पालैपालो सबैको हत्या गरेका थिए। यो नरसंहारबाट १२ वर्षीया सीता खाजुम भने भागेर ज्यान जोगाउन सफल भइन्।
उनकै बयान घटनाको अनुसन्धानका लागि महत्त्वपूर्ण कडी बनेको थियो । आरोपी बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए ।
हत्यापछि उनले आत्महत्या गरेका थिए । यातना सहन नसकेपछि श्रीमती मनकुमारी माइतीमा बस्दै आएकी थिइन् र सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्।
मानबहादुरले पटक पटक श्रीमतीलाई घर फर्काउन खोजे पनि उनी र उनको माइती पक्षले अस्वीकार गरेका थिए।  प्रहरीले पारिवारिक विवादकै कारण ज्वाइँले ससुराली पक्षका ९ जनाको सामूहिक हत्यागरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।
Advertisement
Tags: #‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’#हत्यापछि प्रहरी कन्ट्रोलमा फोन

लोकप्रीय

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

विचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

थप समाचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?
ताजा समाचार

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा
ताजा समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.