×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

२२ असार २०८२
२२ असार , काठमाडौं ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरेको घटनालाई सबैलाई स्तब्ध बनाएको छ ।
आरोपी ज्वाइँले नै आरोप स्वीकार गरेपनि प्रहरी यसको सुक्ष्म अनुसन्धानमा जुटेको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।
ससुरालीका चारै जनालाई छुरा रोपेर विभत्स तवरले हत्या गरिएको  आरोपी  ज्वाइँले नै  प्रहरीलाई  फोन गरेर जानकारी दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठले  नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।
आरोपीले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषाचाहिँ हत्या आरोपीकी  श्रीमती रहेको श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुशार शनिवार राति परिवारको हत्या गरेपछि राजेन्द्रले प्रहरी कन्ट्रोलमा फोन गरेर भने ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ ११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
संवेदनशील सूचना पाएपछि घटनास्थलमा प्रहरी पठाइएको इन्स्पेक्टर श्रेष्ठले बताए । फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए ।
घटनास्थलमा विभत्सरुपमा चारै जनाको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको देखिएको उनले बताएका छन्  । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ।
हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि  घोपा क्याम्प ल्याइएको छ । उनको पेटमा चोट लागेको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा उनले गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको बताएका छन् ।
उनले  प्रहरीसँगको बयानमा भनेका छन्, ‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’
उनले आफू  पछिल्लो समय ससुरालीमा बस्दै आएको भन्दै सासुले पटक पटक तँ मेरो ज्वाइँ होइनस् तराई मार्छु भन्ने गरेको बयान प्रहरी समक्ष दिएका छन् । उनले प्रहरीसँग आफूले ससुरालीमा मल बोकिदिएको  कुरा समेत  सुनाएका छन् ।
फोन ः दीपक श्रेष्ठ
प्रहरी निरिक्षक ,जिल्ला प्रहरी कार्यालय, भोजपुर
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो । पहिलो श्रीमतीले छाडेपछि मनिषासंग उनले प्रेम भएर केही महिनाअघि भगाएर ल्याएका थिए । तर आफैले प्रेम गरेर ल्याएकी श्रीमतीसहित  ससुराली पक्षको नै राजेन्द्रले नरसंहार गरिदिएका छन् ।
गत वर्ष उनले १६ वर्षीय किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गरेका थिए । तर किशोरीका परिवारले उनलाई विवाह गरेर दिन नमानेपछि राजेन्द्रले उनलाई भगाएर लगेका थिए ।
तर पतिका परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएको स्थानीयहरू बताउँछन् ।  पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् ।
स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन् ।
उनैलाई लिनका लागि उनी भोजपुरको हेलौंछाबाट  ६ दिनअघि ससुराली गएका थिए ।  किशोरी  श्रीमती आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक आंकलन छ ।
यस्तै प्रकृतिको  नरसंहारको घटना ६ वर्षअघि पाँचथरमा पनि  घटेको थियो । २०७६ जेठ ७ गते   पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा स्थानीय बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माका  परिवारका ९ जना सदस्यहरू रगतको आहालमा मृत फेला परे।
हत्याराले मध्यरातमा सुतिरहेको अवस्थामा दुवै घरमा पसेर आफ्नै ज्वाइँले पालैपालो सबैको हत्या गरेका थिए। यो नरसंहारबाट १२ वर्षीया सीता खाजुम भने भागेर ज्यान जोगाउन सफल भइन्।
उनकै बयान घटनाको अनुसन्धानका लागि महत्त्वपूर्ण कडी बनेको थियो । आरोपी बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए ।
हत्यापछि उनले आत्महत्या गरेका थिए । यातना सहन नसकेपछि श्रीमती मनकुमारी माइतीमा बस्दै आएकी थिइन् र सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्।
मानबहादुरले पटक पटक श्रीमतीलाई घर फर्काउन खोजे पनि उनी र उनको माइती पक्षले अस्वीकार गरेका थिए।  प्रहरीले पारिवारिक विवादकै कारण ज्वाइँले ससुराली पक्षका ९ जनाको सामूहिक हत्यागरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top