Nepal Times
Nepal Times
3
Shares

कतारी अमिर र प्रधानमन्त्रीबीच वान टु वान वार्ता

कतारी अमिर र प्रधानमन्त्रीबीच वान टु वान वार्ता

१२ वैशाख , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच वान टु वान भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौँको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान भेटवार्ता भएको हो । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल मुख्य एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुदैछ ।

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्नआइपुगेका हुन् । आजै कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्दैछन् । उनी आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.